काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ ।
५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । गंगा सोनाम, दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर उपाधिका लागि भिड्दैछन् ।
विजेताले २५ लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
फिनालेमा टप १२ ले पर्फमेन्स दिने जनाइएको छ । बेलुका ५ बजेदेखि रेडकार्पेट सुरु हुने जनाइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार












प्रतिक्रिया दिनुहोस्