भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा




अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर समेत ८ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा ३६ लाख २० हजार ५७८ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा तथा न्यू बिके/नहाकुली जेभी तथा उक्त जेभीका साझेदारहरू न्यू बिके विल्डर्स एण्ड सप्लायर्सका प्रोप्राइटर गंगा कुमारी खड्का र नहाकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहराविरूद्ध मुद्धा दायर गरेको हो। उनीहरूविरूद्ध भ्रष्टाचार गरेबापतकै रकम बिगो माग गरेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार