
कोहलपुर । कोहलपुर नगरपालिका ३ मा रहेको मदन चोक बजार व्यवस्थापन समितिको आयोजनामा भएको तीज विशेष भव्य कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय कृष्ण केसी ‘नमुना’ को प्रमुख अतिथ्यता तथा मदन चोक बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा तीज विशेष भव्य कार्यक्रम भएको हो ।
यस्तै कार्यक्रममा एकल नृत्य प्रतियोगिता पनि समावेश गरिएको थियो । एकल नृत्य प्रतियोगितामा प्रथम हुनेमा कोहलपुर बागेश्वरी ईमि स्कुलमा अध्ययनरत समिक्षा रिजाल, बागेश्वरी एकेडेमीकी अनु चौधरी द्धितीय र नियमसि रावल तृतीय भएकी छिन् ।
यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधव रिजाल, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनाल लगायतको उपस्थित रहेको थियो ।

यस्तै कार्यक्रममा मुख्य प्रायोजक सुवाना क्रिएसनका सञ्चालक नवीन भण्डारी र महारानी व्यूटी एकेडेमीका सञ्चालिका सुनैना मल्ल, प्रायोजक कोहलपुर बागेश्वरी इङ्लिस मिडियम स्कुलका सञ्चालक विष्णुप्रसाद केसी, सहप्रायोजक बारिस्ता मास्टरी क्याफेका सञ्चालक किरणकुमार केसी लगायतले आर्थिक सहयोग गरेकोमा अध्यक्ष अधिकारीले धन्यवाद दिए ।
यस्तै न्यु राजकुमार इन्टरप्राइजेज कोलपुर ११ का सञ्चालक राजिव शर्मा, सफल ट्रेडर्स कोलपुर ३ का सञ्चालक चन्द्र प्रसाद भण्डारी, आर्य किरोसियन आयल कोहलपुर ३ मैटवाका सञ्चालक टार्जन के.सी., समाजसेवी यज्ञ राज सापकोटा, सिद्ध बाबा ट्रेडर्सका सञ्चालक केशव खनाल, बस्याल कानुनी सेवाका सञ्चालक रुपेश बस्याल, चन्द्रदीप सप्लायर्स कोहलपुर ४ का सञ्चालक दिपक कुमार ढकाल, रझेना खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष दोर्णप्रसाद जैसी, गुल्मी धुर्कोट होटेलका सञ्चालक ठगेश्वर भण्डारी, ए वान कम्प्यूटरका सञ्चालक रामु खत्री, ऋषि एण्ड सन पेन्ट हार्डवेयर कोहलपुर ३ का सञ्चालक सरोज मरासिनी, भारती कोल्ड स्टोरका सञ्चालक राजेश भारती, गैरे हार्डवेरका प्रोप्राइटर कृष्ण गैरे, गैरे कलर हाउसका सञ्चालक चुडामणि गैरे लगायतले प्रतियोगितालाई सफल बनाउन व्यवस्थापन र आर्थिक सहयोग गर्नुभएकोमा अध्यक्ष अधिकारीले धन्यवाद दिए ।

अधिकारीका अनुसार भौतिक, नैतिक सामाजिक र सांस्कृतिक रूपमा सहयोग गर्नुहुने सबै अग्रज व्यक्तित्वहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यसैगरी सहयोग हुनेछ भन्ने पूर्ण विश्वास सहित कृतज्ञता व्यक्त गरेका थिए ।
तीज विशेष कार्यक्रम बागिना कला केन्द्रको अध्यक्ष गणेश बिष्टले सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्