१ घण्टा अगाडि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा प्रवेश गर्न आग्रह




काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगाडि नै प्रस्थान तर्फको अध्यागमन क्षेत्रमा प्रवेश गर्न अनुरोध गरेको छ।

अध्यागमन कार्यालयले विशेष गरी राती समयमा प्रस्थान डेस्कमा यात्रुहरूको अत्यधिक चाप रहँदा प्रक्रियामा ढिलाइ हुने सम्भावना बढेको भन्दै यस्तो आग्रह गरेको हो।

यसलाई सहज बनाउन नागरिक उड्डयन प्राधिकरणलाई रात्रिकालीन उडान तालिका लचिलो बनाउने तथा सबै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगावै चेक इन गराई अध्यागमन क्षेत्रमा प्रवेश गराउने व्यवस्था गर्न अनुरोध गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार