
कोहलपुर । नेपालगन्ज–कोहलपुर सडकखण्ड कोहपलुर १४, हवल्दारपुरमा नेकपा माओवादी केन्द्रले सडक निर्माण नभए तालाबन्दी गर्ने चेतावनी दिएको छ ।
बुधबार सडकमै पत्रकार सम्मेलनन गर्दै सडक मर्मतमा देखिएका ढिला सुस्तीका विरुद्धमा उभिएको (माओवादी केन्द्र)ले सात दिन भित्र काम सुरु नभए सडक डिभिजन कार्यालय नेपालगञ्जमा तालाबन्दी गर्ने चेतावनी दिएका हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले लामो समयदेखि नेपालगन्ज –कोहलपुर सडकखण्ड मर्मत नहुँदा सवारीसाधन मात्र नभई पैदल यात्रु समेत जोखिममा परेको बताए ।
सडक मर्मतका लागि खनेर छोडीएका कारण दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै खड्काले तत्काल मर्मत प्रक्रिया सुरु नगरे सडक डिभिजन कार्यालय नेपालगन्जममा तालाबन्दी समेत गरिने चेतावनी दिएका छन् ।
सडक मर्मतका लागि यहि २१ गते जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगन्जलाई ७ दिने अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाईएको जानकारी दिदैं अध्यक्ष खड्काले सम्बन्धित निकायबाट कुनै प्रक्रिया सुरु नभएकाले दवाव स्वरुप पत्रकार सम्मेलन गर्नुपरेको बताए ।
पत्रकार सम्मेलनबाटै एक हप्ताको अल्टिमेटम दिदैं खड्काले भने, “पहिलो चरणमा ध्यानाकर्षण पत्र बुझाएका थियौं, त्यसको कुनै सुनुवाई भएन । अब पनि ७ दिनभित्र सडक मर्मत प्रक्रिया सुरु नभए सडक डिभिजन कार्यालयमा तालाबन्दी गर्न बाध्य हुनेछौं ।” उनले नागरिक पथलाई बताए ।
सार्वजनिक सरोकारका विषयहरुमा माओवादी केन्द्रले निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै खड्काले सडक जस्तो अति सम्वेदनशिल विषयमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयबाटै खेलवाड भईरहेको भन्दै सचेत हुन सबैलाई सडकबाटै आह्वान समेत गरेका छन ।
स्मरण रहोस सडक मर्मतका लागि खनेको खाल्डोमा मोटरसाईकल दुर्घटना हुँदा गत जेठ २१ गते कोहलपुर २ का ३३ वर्षिय सरोज मरासिनीले अकालमा ज्यान गुमाएका थिए ।
मर्मतका लागि खनेर छाडिएको सडकमा भे ९ प ८१५७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।
स्थानियका अनुसार सडक खनेको ६ महिना भयो तर अझै काम सुरुवात नभएको बताएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्