नेपाल भारत जनमैत्री संगठनद्वारा भक्तजनहरुलाई जलपान




कोहलपुर । नेपाल भारत जनमैत्री संगठनले सोमबार श्रद्धालु भक्तजनहरुलाई जलपान कार्यक्रम गरेको छ ।

नेपाल भारत जनमैत्री संगठन कोहलपुरले सोमबार श्रद्धालु भक्तजनहरुलाई विहान करिब ७ बजदेखि दिउँसा १ बजेसम्म जलपान कार्यक्रम गरेको संगठनका सचिव शंकर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार नगर स्तरीय गठन भएको यस संगठनले पहिलो पटक जलपान कार्यक्रम गरिएको न्यौपानले बताए ।

संगठनका अध्यक्ष विष्णु खनाल स्वास्थ्यमा समस्या आएपछि उपाध्यक्ष यमनाथ पौडेलको नेतृत्वमा जलपान कार्यक्रम गरिएको हो ।

जलपान कार्यक्रममा फलफुल, सर्वतपानी लगायत वितरण गरिएको थियो ।

कार्यक्रममा मातृका सापकोटा, डिल्ली शाही, प्रदिप पौडेल, हरि प्रसाद न्यौपाने, गणेश विष्ट, पुष्पराज हमाल लगायतको कार्यसमिति लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार