१० क्याम्पसका प्राध्यापक र कर्मचारीको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै संघ-संगठन




कोहलपुर । मध्यपश्चिम विश्वविद्यालयले प्राध्यापक र कर्मचारीका मागहरुलाई वेवास्ता गरेको भन्दै प्राध्यापक र कर्मचारीको आन्दोलनलाई संघ-संघठनले ऐक्यवद्धता जनाएका छन् ।

मंगलबार नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशिल प्राध्यापक संगठनले ऐक्यबद्धता जनाउँदै विज्ञप्ती जारी गरेको हुन् । आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै ५ बुँदे माग सहित विज्ञप्ती जारी हुन् ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा र नेपाल प्रगतिशिल प्राध्यापक संगठनका अनुप शाहीको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘समायोजन हुँदा विश्वविद्यालय सभाले गरेको निर्णय र नियमावलीमा भएको व्यवस्थानुसार क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीहरुको बृद्धि, करार, घटुवा र आंशिक पदमा राखिनु घोरा अन्याए र अपमान भएको महशुस गरेका छौं ।’ प्राध्यापक र कर्मचारीहरुको जायज मागहरु सम्बोधनमा कुनै चासो र चिन्ता नलिएकोमा संगठनहरुले ध्यानाकर्षण गराएका हुन् ।

संघसंगठनले ऐक्यवद्धता जनाउँदै २०७५/०५/१० गते बसेको आठौं विश्वविद्यालय सभाको निणर्यलाई एथासिघ्र कार्यान्वयन गराउने, घटुवामा नियुक्ती भएका प्राध्यापक र कर्मचारीलाई साविकै तहमा पदस्थापना गर्नुपर्ने, आंशिक र ज्यादारीलाई तत्काल पूर्णकालिन बनाउनुपर्ने, सेवा अवधि पुगेका उपप्राध्यापक र कर्मचारीहरुलाई यथासिघ्र बढुवा प्रक्रिया अगाडि लैजानुपर्ने, केन्द्रिय क्याम्पस र आंगिक क्याम्पसमा करार शिक्षक भर्ना गर्दा केन्द्रमा करार उपप्राध्यापक र आंगिकमा शिक्षण सहायक भर्ना गरिएकोमा तत्काल यस्तो विभेद अन्त्य गर्नुपर्ने मागहरु राखिएको छ ।

यस्तो छ विज्ञप्ती

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार