काठमाण्डौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइँने आठ दिन मनाइने गाईजात्रा आज काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइँदैछ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आज गाई वा गाईजस्तो सिँगारिएका बालबालिकालाई नगर परिक्रमा गराउने परम्परा छ।
यस पर्वले विशेष गरी मृतक आत्माको सम्झना र जीवन–मृत्युको चक्रप्रति चेतना फैलाउने गर्छ। गाईजात्रामा हास्यव्यंग प्रस्तुति, सांगीतिक झाँकी, नृत्य आदि पनि प्रदर्शन गरिन्छ।
यसै पर्वको अवसरमा आज बाग्मती प्रदेश सरकारले बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। यससँगै बाग्मती प्रदेश सरकार मातहत चल्ने सार्वजनिक कार्यालय, संघसंस्था, शैक्षिक संस्था आदि बन्द रहने भएका छन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्