
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर मिडिया हाउस प्रालिद्धारा सञ्चालित कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीलाई ज्यान मार्ने धम्की दिएका प्रमोद रिजालले सार्वजनिक रुपमै माफी मागेका छन् ।
रिजालले आफ्नो फेसबुकको प्रोफाइलबाट आवेशमा प्रयोग भएका शब्दहरुले डिल्लीलाई होच्याउने, हतोत्साही पार्ने र ज्यानै लिने भन्ने जस्ता गम्भीर कुरा प्रयोग भएकोमा आत्मालोचना गर्दै यस्ता गल्ती नदोहो¥याउने र दोहोर्याएको खण्डमा कानुनी कार्वाही भोग्ने प्रतिबद्धता सहित सार्वजनिक रुपमै माफी मागेका हुन् ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीको अध्यक्षतामा बसेको छलफलले महासंघकै रजिष्टरमा बुलेट न्युजका सञ्चालक तथा प्रेस चौतारी कोहलपुर नगरका अध्यक्ष समेत रहेका प्रमोद रिजालले गल्ती स्वीकार्दै अपउपरान्त डिल्ली शाही मात्र होइन अन्य कोहीकसैलाई होच्याउने, अपशब्द लेख्ने कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने अबदेखि यस्ता गल्ती नदोहो¥याउने र दोहोर्याएको खण्डमा कानुनी कार्वाही भोग्ने प्रतिबद्धता समेत गरेका छन् ।
छलफलमा प्रेस यूनियन बाँकेका प्रियास्मृती ढकाल, प्रेस चौतारी बाँकेका कमल डाँगी, प्रेस सेन्टर नेपाल बाँकेका चन्द्र बाेहरा, समाजबादी प्रेस संगठन बाँकेका लोकनाथ शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, सचिव कृष्ण वली र प्रेस चाैतारीका प्रदेश काेषाध्यक्ष विनोद भट्टराई सहितको हस्ताक्षर गर्दै फेरी यस्तै कार्य दोहा¥याए महासंघ लगायत आस्थाका संगठनहरु जिम्मेवार नहुने र कानूनी उपचारका लागि नेतृत्वदायी भूमिका लिने सहमति भएको छ ।
रिजालले साउन १९ गते विहान करिब ७ बजे कोहलपुर मिडिया हाउस प्रालिबाट सञ्चालित कोहलपुर टुडे डटकमको अफिसमा सम्पादक शाहीलाई १९ गते विहान एक्कासी म्यासेज गर्दै ‘घाँटी स्वीट’ गर्ने भन्दै ज्यान मार्ने धम्की दिएका थिए ।
डिल्ली शाहीलाई व्यक्तिगत रुपमा अपुष्ट, भ्रामक, तथ्यहीन र हुँदै नभएको विषयलाई लिएर नितान्त व्यक्तिगत जीवनसंग प्रत्यक्ष रुपमा जोडेर अनावश्यक रुपमा बदनाम गराउने किसिमले लेखेको म्यासेज मैले आवेगमा लेखेको भनि रिजालले स्वीकार गरिसकेका छन् भने प्रेस सेन्टर नेपालले विज्ञप्ती जारी गर्दै सम्बन्धीत निकायहरुलाई गम्भिर ध्यानाकर्षण गराएको थियो ।
यस्तो छ उनले सार्वजनिक रुपमै मागेको माफी

प्रेस सेन्टरले निकालेको विज्ञप्ती

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्