कृष्ण कुमार शाही, कोहलपुर
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांकेका प्राध्यापक संघ र कर्मचारी संघ एकाइ समितिले संयुक्त रूपमा ध्यानाकर्षण पत्र क्याम्पस प्रमुख दान बहादुर हमाललाई बुझाएका छ्न । उनिहरुले विगत लामो समय देखि तथा क्याम्पस समायोजन २०७५ देखि प्राध्यापक तथा कर्मचारीका पेशागत स्थायित्व एवम् वृतिविकासमा सम्बन्धि रहेका समस्याहरु यथास्थितिमा थांती रहेकोले मागसहित आन्दोलनका कार्यक्रम सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन । ध्यानाकर्षण पत्र क्याम्पस प्रमुखको कार्यकक्षमा संयुक्त रुपमा बुझाएका हुन ।

ध्यानाकर्षण पत्रमा यस्तो उल्लेख गरिएको छ मध्यपश्चिम विश्वविद्यालय समग्र कर्णाली वासीको अथक मिहिनेत र पसिनाद्वारा स्थापित भएको एक महत्त्वपूर्ण र उच्च शैक्षिक संस्था हो । साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गरी राज्यको मूल प्रवाहमा ल्याउने र विकट कर्णाली, भेरी र राप्ती अञ्चलमा सदियौ देखि रहदै बाएको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा देखिने पछौटेपनलाई शिक्षाका माध्यमबाट हटाइ घरआँगनमै गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि एक विशिष्ट शैक्षिक संस्थाको आवश्यकता महसुस भई नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय पश्चात व्यावस्थापिका संसदद्वारा मध्यपश्मिाञ्चल विश्वविद्याल ऐन २०६७ जारी भई हालको मध्यपश्चिम विश्वविद्यालय स्थापना भएको थियो । स्थापना कालदेखि नै विश्वविद्यालयले थुप्रै समस्याहरू झेल्दै आए तापनि हाल आएर यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रमुख शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएकोमा हामी सबैलाई गर्व महसुस हुने गर्दछ । मध्यपश्चिम विश्वविद्यालय स्थापना पश्चात साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई समेटदै यस क्षेत्रमा रहेका दश (१०) वटा पब्लिक क्याम्पसहरूलाई बगिक क्याम्पसमा समायोजन गर्ने भनी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७४/०६/०२ गतेको निर्णयवाट यस वागेश्वरी वहुमुखी क्याम्पस कोहलपुरलाई समेत आंगिक क्याम्पस वनाउने निर्णय भएको सर्वविदितै छ । यस क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने भनी भएको निर्णयले हामी यस संस्थामा आवद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अविभावक समेत हर्षित भएका थियौं। तथापि क्याम्पस हस्तान्तरणको प्रक्रियामा विधि र प्रक्रियाको संज्ञा दिदा यस क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरू माथि विभेद भएको महसुस गर्दै आएका छौ । प्राकृतिक न्यायको आधारभूत कानुनी सिद्धान्त, मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ र मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली २०६९ मा भएको व्यवस्था विपरित हामी माथि भएको विभेदलाई यस क्याम्पसमा कार्यरत रहेका प्राध्यापक तथा कर्मचारीहरूले औपचारिक रूपमा पटक-पटक यहाँ समक्ष राख्दै आएको र हालसम्म पनि वी समस्याहरूको उचित समाधन हुन नसकेकाले हाम्रा समस्याहरूलाई सकारात्मक रूपमा लिदै यथासक्य पहल चालिने कुरामा पूर्ण विश्वास राख्दै निम्नानुसारका समस्याहरूको समाधानका लागि यो ध्यानाकर्षण पत्र मार्फत यहाँ समक्ष प्रस्तुत गर्दछौं ।
मागहरु
१. मध्यपश्चिम विश्वविद्यालयलमा १० वटा आंगिक क्याम्पसका रूपमा समायोजन हुनु अगाडी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७४/०६/०२ गतेको निर्णयबाट दश (१०) वटा क्याम्पस मध्ये यस बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर, बाँकेलाई पनि आंगिक बनाउन स्वीकृत भएको यहाँलाई अवगत नै छ । मिति २०७५/०५/१० गते बसेको आठौं विश्वविद्यालय सभाको निर्णय साथै मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली २०६९ को परिच्छेद ३८ को नियम २०८ अन्तर्गतको उपनियम (४) को व्यवस्था र शिक्षक-कर्मचारी नियमावलीको परिच्छेद २ को नियम ५ को उपनियम २ को २ (क) मा भएको व्यवस्था अनुसार एक पटकका लागि विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने व्यवस्था भएको अवगत गराउदछौं। साथै नेपाल सरकारबाट आआंगिक क्याम्पसका लागी स्वीकृत दरबन्दी संख्या २०३ भित्र नियमित शिक्षण सहायक करारमा रहेका प्राध्यापक तथा कर्मचारीहरूका हकमा एकपटकका लागि विशेष आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गर्न जोडदार माग गर्दछौ ।
२. क्याम्पस समायोजन पश्चात विधि र प्रक्रियालाई उल्लेख गरी यस क्याम्पसमा कार्यरत रहेका केही प्राध्यापक तथा कर्मचारीहरूमध्ये साविक पदबाट घटुवा गरी एक तह मुनीको पदमा नियूक्ति दिइएको छ । घटुवामा पारेका कर्मचारी तचा प्राध्यापकहरुलाई साविक कै तहमा पदस्थापन गराउन माग गर्दछौं ।
३. विगत लामो समय देखि कार्यरत रहेका र पूर्ण कक्षाभार भएका आंशिक प्राध्यापकहरू र लामो समय देखी ज्यालादारी (आशिक) कर्मचारीहरुलाई तत्काल पूर्णकालीन बनाउन माग गर्दछौं ।
४. यस क्याम्पसमा विभिन्न विषयमा प्राध्यापनरत सेवा अवधि पुगेका उप-प्राध्यापक तथा कर्मचारीहरूलाई यथाशिघ्र बढुवा प्रक्रिया अगाडि बढाउन माग गर्दछौं ।.
५. केन्द्रिय क्याम्पस र आंगिक क्याम्पसमा करार शिक्षक भर्ना गर्दा केन्द्रमा करार उपप्राध्यापक र आंगिकमा शिक्षण सहायक भर्ना हुँदै आएकाले तत्काल यस्तो प्रकारको विभेद अन्त्य गरी एकै प्रकारको व्यावस्था कायम गरियोस् । यतः माथि उल्लेखित हाम्रा मागहरुको यथासक्य र विश्वसनीय तरिकाले सम्बोधन नभएमा हामी यस बागेश्वरी वहुमुखी क्याम्पस कोहलपुर, बाँके का शिक्षक तथा कर्मचारीहरुले निम्नानुसार चरणबद्ध आन्दोलन गर्न बाध्य हुने व्यहोरा अवगत गराउन चाहन्छौ ।
आन्दोलनका कार्यक्रमहरु
१. मिति २०८२/०४/१२ गते विद्यार्थी, पत्रकार, बुद्धिजीवी तथा जनप्रतिनिधि लगायत सरोकारवालाहरुसँग हाम्रा मागको सर्मथन र आन्दोलनप्रति एक्यबद्धताको लागि छलफल कार्यक्रम ।
२. मिति २०८२/०४/१४ गते क्याम्पस प्रमुख मार्फत ध्यानाकर्षण पत्र बुझाउने ।
३. मिति २०८२/०४/१६ गते मध्यपश्चिम विश्वविद्यालयका श्रीमान उपकुलपति ज्यू र श्रीमान रजिस्ट्रार ज्यूलाई ध्यानकर्षण पत्र बुझाउने र सो पश्चात मध्यपश्चिम विश्वविद्यालयको केन्दीय कार्यलयको मुल गेटमा एक घण्टे धर्ना कार्यकम गर्ने ।
४. ७(सात) दिन अर्थात एक हप्ता भित्र यदि मागका समबन्धमा सम्बोधन हुने विश्वसनिय वातारण नभएको अवस्थामा मिति २०८२/०४/२३ गते देखि २०८२/०४/२७ गतेसम्म यस क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले कालोपट्टी बाँधी नियमित कामकाज गर्ने,
५. मिति २०८२/०४/२८ गतेदेखि २०८२/०५/०१ गते सम्म यस क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले पेन डाउन मी गर्ने,
६. मिति २०८२/०५/०२ गते सम्म माग सम्बोधन नभएको अवस्थामा क्याम्पस प्रमुखको कार्यकक्षमा अश्नितकालिन तालाबन्दी बन्दी गर्ने,
७. मिति २०८२/०५/०३ गते देखि माग सम्बोधन नहुँदाका सम्म सम्पूर्ण प्राध्यापकहरुले कक्षा बहिष्कार तथा कर्मचारीहरुले कामकाज बहिष्कार गर्ने साथै क्याम्पस प्रशासनले लगाउने कुनै प्रकारका कामकाज नगर्ने र क्याम्पस प्रशासन अगाडी रिले अनसन बस्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरिको कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मीले कोहलपुर टुडे लाई जानकारी दिए ।
प्राध्यापक संघका अध्यक्ष राजकुमार चन्द र कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मीको संयुक्त हस्ताक्षरमा ध्यानाकर्षण बुझाएको प्राध्यापक संघका अध्यक्षले वताउंछ्न । उनी भन्छन् धेरै लामो समय देखि प्राध्यापक कर्मचारीहरु अस्थायी करार ज्यालादारीमा काम गर्नु परेको छ । उहाँहरुको पेशागत सुनिश्चितता छैन वृत्तिविकासको कुरै छैन यो तर्फ यश अगाडीका पदाधिकारीहरुको व्यवास्ता गरेकोले आन्दोलनको विकल्प नभएको वताउंछ्न ।
ध्यानाकर्षण पत्रमा यस्तो लेखिएकोछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्