
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका—११ सार्वजनिक शैक्षिक गुठीद्धारा सञ्चालित कोहलपुर माध्यमिक विद्यालयमा ७ दिने नेतृत्व विकास तालिम सकिएको छ ।
आइतबारदेखि समाज सेवा संस्था नेपालको आयोजना तथा कोहलपुर माविको आर्थिक सहयोगमा ७ दिने नेतृत्व विकास तालिम सकिएको हो । कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्मा (अधिकारी)को प्रमुख अतिथि तथा समाज सेवा संस्थाका अध्यक्ष विनाेद थापाकाे सभापतित्वमा तालिम समापन गरिएको थियो ।
समापन कार्यक्रममा वडा अध्यक्ष शर्माले सात दिने तालिमले बालबालिकाहरुमा परिवर्तन देख्दा निकै खुसी भएको बताइन् । ‘बालबालिका काचो माटो हो, जसलाई जस्ता बनायो त्यस्तै हुन्छ भन्ने उदाहरण आज सावित भएको छ’ उनले भनिन्, ‘समाज सेवा संस्थाले दिएको तालिम अन्य विद्यालयमा पनि सञ्चालन गर्नुपर्छ ।’
वडामा सञ्चालन भएका विद्यालयहरुका बालबालिकाहरुलाई नैतिक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा चलाउनुपर्ने अध्यक्ष शर्माले बताइन् ।

नेतृत्व विकास तालिममा कक्षा ६ देखि १० कक्षा सम्मका बालबालिकाहरुको सहभागिता रहेको थियो भने समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापा नेतृत्व विकास तालिम दिएका थिए ।
यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंख प्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झगु गिरी र सार्वजनिक शैक्षिक गुठी सञ्चालक समिति अध्यक्ष नारायण प्रसाद लम्सालले बालबालिकाको उर्जा थप गर्दै आफ्नो भनाई राखेका थिए ।
तालिममा सहभागि कोहलपुर माविका विद्यार्थीहरु अन्जल सुनार र राजु भट्टराई ले कार्यक्रम सञ्चालन गरेका थिए
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्