सुर्खेत । सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–५, गोगनपानीका ३१ वर्षीय उत्तम चन्द छन् ।
१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (साउन ११) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
उनी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ मा बस्दै आएका थिए । उत्तमले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार












प्रतिक्रिया दिनुहोस्