
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा ‘नेक्स मोडल कोहलपुर सिजन—१’ अडिशन आजबाट सुरु हुन लागेको छ । शुक्रबार बी नेक्ट्स इभेन्ट्स नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोहलपुरमा आजबाट ‘नेक्स मोडल कोहलपुर सिजन—१’ अडिशन सुरु हुन लागेको हो ।
पत्रकार सम्मेलनमा बी नेक्ट्स इभेन्ट्स नेपालका निर्देशक तथा अडिशनका कोडिनेटर भरत चन्द ठकुरीले स्थानीय स्तरमा लुकेर बसेका युवा प्रतिभाहरूलाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउने लक्ष्यका साथ कोहलपुरमा पहिलो पटक ‘नेक्स मोडल कोहलपुर सिजन—१’ अडिशन गर्न लागेको बताए ।
आज विहान १० बजेबाट कोहलपुर ११ दशविगाह नजिकै रहेको होटल ट्रि टप हेभनमा मोडलिङ प्रतिस्पर्धा (अडिशन) का लागि दर्ता गर्न सकिनेछ ।
अडिशनमा सहभागिताका लागि १६ देखि ३० वर्ष उमेर समूहका यूवायूवतीहरुले मोडलिङ, फेसन, कला र संस्कृतिमा रुचि राख्ने नवप्रतिभाहरूमाझ उनीहरूको क्षमता उजागर गर्ने र उनीहरुलाई व्यवसायिक प्रशिक्षण समेत प्रदान गरिने फेसन डिजाइनर प्रतिभा खड्काले बताइन् ।
सो व्यवसायिक प्रशिक्षणमा र्याम्प वाक, पोजिङ, फोटोशूट, संवाद कला, पोर्टफोलियो निर्माण, फेसन गाइड जस्ता विषय समेटिएका छन् । उत्कृष्ट प्रतिभाहरुलाई ट्रफी, प्रमाणपत्रका साथै आगामी ठूला फेसन इभेन्टहरूमा प्रत्यक्ष सहभागिता गराइनेछ ।
यो अडिशनले केवल मोडलिङ प्रतिस्पर्धा मात्र नभई कोहलपुरको सांस्कृतिक, सामाजिक र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको चर्चित मेकअप आर्टिस्ट प्रनिता केसीले बताइन् । उनका अनुसार फेसन तथा सांस्कृतिक पर्यटनको हबको रूपमा विकास गर्ने सम्भावना समेत बोकेको बताइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्