मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशक डा. खड्काले वागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन




 कृष्ण कुमार शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका निर्देशक डा. विस्णु कुमार खडकाले वागेश्वरी बहुमुखी व्याम्पस कोहलपुरमा अनुगमन गरेका छ्न । अनुगमन पश्चात् उनलेे प्राध्यापक तथा कर्मचारीसंग अन्तरक्रिया समेत गरेका हुन ।


छलफलका क्रममा नवनियुक्त निर्देशक‌ खड्काले मध्यपश्चिम विश्वविद्यालयले समय, परिवेश, वातावरण, राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय मागका आधारमा पाठ्‌यक्रम परिवर्तन गरी आगामी शैक्षिक ‌सत्रदेखि लागू गर्नका लागि हाल परिवर्तन, परिमार्जन र सुधार गरिरहेको वताउंदै यस कार्यमा सहभागी भएर आवश्यक सुझाव दिन प्राध्यापकहरु लाई निर्देशन दिए। उनले भने विश्वविद्यालय लाई नयाँ युगमा परिवर्तन गर्न निर्देशनालय‌ले आगामी २० वर्षे रणनीति योजना निर्माण गरि अगाडि बढेको जानकारी गराए ।


योजनाहरु क्रमश पन्चवर्षिय रणनीतिका आधारमा कार्यन्वयन गर्दैजाने कुरा व्यक्तगरे। उनले भने अब विश्वविद्यालयले समयमै योजना तयार गरी समयमै कार्यन्वयन गर्न लागीपरेको जानकारी गराए । तर यसका लागि मानवीय जनशक्ति व्यवस्थापन गर्न नसक्नु विविधालयको चुनौति रहेको समेत धारणा व्यक्त गरे। आधुनिक प्रविधिमैत्री डिजिटल विश्वविद्यालय बनाउने सवालमा मोना आफुहरु लागिपरेकोले मानवीय जनशतिलाई आगामी पाँच वर्षभित्र व्यस्थापन गर्ने योजना रहेको जातकारी दिए । प्राध्यापक कर्मचारीहरु पनि अध्ययन अनुसन्धानमा लाग्न समेत अनुरोध गरे । उनले आगामी पाँचवर्ष भित्र गुणस्तर प्रत्याह्वान QAA प्राप्त गर्नु अनिवार्य भएको वताए । छलफल कार्यक्रममा उपप्राध्यापक एकराज शर्माले २०७५ सालमा क्याम्पस समायोजन हुँदादेखिका समस्याहरु नटुंगिएकोले ती समस्या समाधान गर्न अनुरोध गरे । उनले अस्थायी तथा करार प्राध्यापक, घटुवा प्राध्यापक तथा कर्मचारी एवम् लामो समय ज्यालादारी एवम आंशिक प्राध्यापकका मागहरु तत्काल समाधान गर्न अनुरोध गरे ।


वागेश्वरी बहुमुखी क्याम्पस लगायत समग्र विश्वविद्यालयको मानवीय जनशक्ति व्यवस्था गर्न नसके आगामी दिनमा काम गर्न झनै जटिल हुने भएकाले यस तर्फ ध्यान दिन अनुरोध गरे । उपप्राध्यापक अनुप शाहीले प्राध्यापक तथा कर्मचारीका पेशागत मर्यादा, उमेर, र उर्जा लाई मध्यनजर गरि समयानुसार मानवीय जनशक्ति व्यवस्था गर्नुपर्ने माग गरे ।


उपप्राध्यापक ललित चन्दले निकै लामो समयदेखि मानवीय जनशक्ति व्यवस्था गर्न नसक्ने हो भने विश्वविद्यालय अझै धाराशायी हुने वताए । उनले मानवीय जनशक्तिको व्यवस्थापन नै मुख्य चुनौती रहेकोले प्राध्यापक कर्मचारीको वृतीविकास गराउनुपर्ने माग गरे ।
क्याम्पस प्रमुख दान बहादुर हमालले निकै लामो समयदेखि प्राध्यापक कर्मचारीका मागहरू आफुहरुले विश्वविद्यालयका पदाधिकारीसंग राख्दै आएको र हालका उपकुलपति र रजिस्ट्रारज्युहरु यसमा संवेदनशील भएको जानकारी दिए । उनले अब छिटै समस्या समाधान हुने समेत जानकारी गराए । क्याम्पस प्रमुख दान बहादुर हमालको सभापतित्वमा भएको छलफल कार्यक्रमको सहजीकरण उपप्राध्यापक खोपिराम वलि क्षेत्रीले गरेका थिए ।


कार्यक्रममा क्याम्पसका प्राध्यापक र कर्मचारीको उपस्थित थियो । साथै नवनियुक्त निर्देशक खड्काले विश्वविद्यालयले हालै सन्चालन गर्दै आएको स्नातक तह छैटौं, पांचौ र तेस्रो सेमेस्टरको अन्तिम सत्रान्त परिक्षाको समेत अनुगमन गरेका थिए । साथै उनले क्याम्पसको भौतिक पुर्वाधार लाई समेत अवलोकन गरेको क्याम्पस प्रमुख हमालले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार