कोहलपुर । बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टुडे डटकमले तेस्रो वार्षिकोत्सव तथा कोहलपुर टुडे स्मारिका विमोचन गरिएको छ । कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरी तेस्रो वार्षिकोत्सव तथा कोहलपुर टुडे स्मारिका विमोचन गरिएको हो ।
कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर टुडे डटकमका सम्पादक एकराज शर्माले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले सञ्चार नीति निर्माण गरी स्थानिय सञ्चार माध्यमलाई स्तरउन्नती गरिने बताए । पत्रकारिताको आचारसंहिता पूर्ण पालना गर्दै खोजमुलक, सत्य, तथ्य र निष्पक्ष ढङ्ग सूचना सन्देशहरु दिइरहेको यस अनलाइन पत्रिकालाई थप संस्थागत रुपमा विकास गरी थप प्रभावकारी रुपमा अगाडी बढिरहेको प्रति धन्यवाद व्यक्त गरे । बाँकेका विभिन्न गतिविधिहरुलाई एकदमै नजिकबाट सूचना प्रवाह गरिरहेको उनको भनाई थियो ।
कोहलपुर टुडे डटकमको तेस्रो वार्षिकोउत्सवमा मिडिया अवार्डमा केशव राना क्षेत्री, नियमित पाठकमा विवेक वली, लेखक राकेश दाहाल, सञ्चारकर्मी कुशल र्दलामी, सल्लाहाकार नारायण प्रसाद गौडेल, कोहलपुर टुडे डटकमका समाचारवाचिका कल्पना कार्कीलाई सम्मान गरिएको थियो ।
यस्तै तेस्रो वार्षिकोत्सव तथा स्मारिका विमोचनमा विज्ञापनदातामा पञ्चमुखी ईमि स्कुल, जनज्योति पब्लिक हाई स्कुल, वेस्टर्न ईमि स्कुल, जिवनज्योति स्कुल, स्काईल्याण्ड ईमि स्कुल, दिपज्योति मावि, हिमालय विद्या निकेतन, कोहलपुर बागेश्वरी ईमि स्कुल, नापी कार्यालय कोहलपुर, मालपोत कार्यालय कोहलपुर, यूरो स्कुल, कृष्ण मावि, राम मावि, भरोसा एकेडेमी, शिवशक्ति नमूना आधारभूत विद्यालय, कोहलपुर सिटि एकेडेमी, नेशनल प्याब्सन कोहलपुर, बाँके जिल्ला तेक्वान्दो संघ र कोहलपुर डेण्डल हस्पिटल र माई स्टोरलाई सम्मान गरिएको थियो ।
यस्तै कोहलपुर टुडे डटकमका सल्लाहाकार नारायण प्रसाद गौडेलले अहिले डिजिटल युगमा व्यक्तिसंग अनलाइन पोर्टल खोलेका छन् तर प्रभावकारी रुपमा र संस्थागत रुपमा विकासको चरणमा रहेको यस कोहलपुर टुडेले अबको केही वर्षमा नेपालअधिराज्य भरी आफ्नो पहुँच पुु¥याउने बताए ।
यस्तै कोहलपुर टुडे डटकमका सम्पादक एकराज शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै शर्माले स्थापना गरेको तीन वर्षसम्म निकै चूनौति र संघर्षका विच कोहलपुर टुडेले आफ्नो कदम चालेको छ । दैनिक अधिकत्म १० हजार र न्यूनतम २० हजार ५ सय जनाभन्दा बढिले कोहलपुर टुडे डटकमलाई अध्ययन गरेको तथ्याङ्क रहेको बताए । उनका अनुसार यस वर्ष थप नयाँ विधा थपिएको छ जसमा मिडिया अर्वाड रहेको को उनको भनाई थियो ।
यस्तै कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडेका प्रबन्ध निर्देशक डिल्ली शाहीले मिडियाका क्षेत्रबाट सत्य, तथ्य र निष्पक्ष रुपमा नियमित सूचना र समाचारहरु प्रवाह गरिरहेको बताए । ‘प्रथम वार्षिकोत्सवको अवसरमा ६ विधाहरुमा सम्मान गरेको छ’ उनले भने, ‘जुन आगामी दिनहरुमा निरन्तरता दिनेछु ।’ बाँके लगायत देशभरी नै आफ्नो पहुँच पु¥याउनका लागि भावि योजना निर्माण गरिएको कोहलपुर मिडिया हाउसका अध्यक्ष तथा कोहलपुर टुडेका प्रबन्ध निर्देशक शाहीले बताए ।
यस्तै कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नविन गिरी, नेपाल प्रेस यूनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, जिल्ला ट्राफिक कार्यालयका प्रकाश दत्त जोशी, समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापा, सल्लाहकार बलराम भट्राई, हेमकुमार रावत, कृषक व्यवसायीक सञ्जालका अध्यक्ष शेषकान्त शर्मा, दिपज्योति माविका संस्थापक बसुन्धरा पाण्डे, नेपाल एपिएफ स्कुलका प्रिन्सिपल राजकुमार प्याकुरेल, वेस्टर्न स्कुलका राजु दहाल, लगायत मिडियाकर्मी दर्जन भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चारकर्मी कल्पना कार्कीले सञ्चालन गरेकी थिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्