नेपालगन्ज । नेपाल किसान महासंघ बाँकेको अध्यक्षमा प्रमोदकुमार शर्मालाई चयन गरिएको छ भने उपाध्यक्षमा होमबहादुर अधिकारी, सचिवमा निर्मल खड्का, सहसचिवमा निरा थारुलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष शर्माले बताएका छन् ।

त्यसैगरी सदस्यहरुमा भोला थारु, संजय राना, राकेशकुमार मौर्य, खेमराज मौर्य, बिना बिक, गायन थारु, फुलमति थारुलगायतलाई चयन गरिएको छ ।
किसानहरुको समस्यालाई कसरी सम्बोधन गरी सम्बन्धित सरोकारवाला निकायहरु समक्ष पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ नेपाल किसान महासंघ बाँके शाखाको गठन गरिएको जनाईएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्