कोेहलपुरमा आजबाट नापतौलका यन्त्र दर्ता शिविर सुरु, फागुन ९ गतेसम्म सञ्चालन हुने




कोहलपुर ।

कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको छ । आज (विहिबार) उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वाणिज्य संघ कोहलपुरका निवर्तमान अध्यक्ष चक्र अधिकारीले शिविरको उद्घाटन गरेका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले नापतौल तथा क्षेत्रीय गुणस्तर कार्यालय नेपालगञ्ज धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कोहलपुरमा नै शिविर सञ्चालन गरेको बताए । ‘व्यवसायहरुले नेपालगञ्ज विभिन्न नापतौलका साम्रगीहरु लिँदा र ल्याउँदा निकै समस्या भो’ उनले भने, ‘त्यसको सहजताका लागि कोहलपुरमा यहि फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।’

शिविरमा संघको सदस्यता प्राप्त गरेका व्यवसायीले नापतौलका यन्त्र दर्ता, अद्यावधिक तथा नविकरण गरेर शिविरबाट लाभ लिन अध्यक्ष पौडेलले अनुरोध गरेका थिए । उनका अनुसार डिजिटल एवम् म्यानुअल तराजुहरु, ढकहरु सहित सबै प्रकारका यन्त्रहरु नापतौल हुने बताए । फेरी शिविर निश्चत समयका लागि हुने भएकोले समयमा नै लाभ लिन व्यसायीहरुलाई आग्रह गरे ।

यस्तै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले घर नजिकै बाट आफ्ना सदस्यहरुलाई सेवा दिने काम निकै प्रशंसायोग्य काम भएको बताए । कोहलपुरमा व्यवसायी तथा उद्योगीहरुको छाता संगठन छन्, सबै व्यवसायीको समस्याको समाधान हुनुपर्दछ उनले भने, कोभिड महामारीमा उद्योगी व्यवसायीहरु धरासयी हुँदै गइरहेका छन् उनीहरुको समस्याको समाधान संघले गम्भिर भएर लिनुपर्ने समेत सुझाव दिएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार