बाँकेमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका महत्वपूर्ण १० उपलब्धी




कोहलपुर ।

राप्राकप कार्यक्रमका बाँकेका सामुदायिक विद्यालय, मदरसा, गुम्बा र गुरुकुलका ३ सय ८१ विद्यालयमा लागु गरेको थियो । कक्षा १–३ अध्ययन गर्दै आएका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि बाँकेमा प्रारम्भिक कक्षा पढाई सुरु भएको थियो ।

३ सय ८१ विद्यालयका कक्षा १–३ मा अध्ययन गर्ने बालबालिका ३९ हजार १ सय ५० विद्यार्थीलाई समेटिएको थियो । बिहिबार बाँके जिल्लाको राप्राकप कार्यक्रमको भच्र्यूल बैठक भएको थियो । भच्र्यूल बैंठकमा युएसएआईडी प्रारम्भिक कक्षा पढाई कार्यक्रमका प्रमुख जोडी फोन्सीले बाँके प्रभावकारी रुपमा कार्यन्वयन भएको भन्दै खुसी व्यक्त गरिन् ।

‘बाँकेमा आएको बेलामा प्रत्यक्ष रुपमा विद्यालयमा भिजिट गर्ने मौका पाए, उनले भनीन्, बालबालिकाले पाउने गुणस्तरीय शिक्षा पाएका रहेछन् । अब फेरी इजीएल कार्यक्रम आएको छ यसले पनि बालबालिकाकै क्षेत्रमा काम गर्ने उनको भनाई थियो ।

यस्तै युएसएआईडी प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला टेक्नीकल संयोजक उपेन्द्र भण्डारीले राप्राकप कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गर्ने महत्वपूर्ण १० उपलब्धी प्रस्तुत गरेका थिए ।

प्रारम्भिक कक्षा(१—३) का १ हजार १ सय ४२ जना शिक्षकहरुलाई तालिम प्रदान गरेको, ३ सय ६० विद्यालयहरुमा शैक्षिणिक र सन्दर्भ साम्रगी वितरण, ३ सय ३६ जना प्रावि इन्चार्ज तथा प्रअहरुलाई ५ दिने शिक्षक पेसागत सहयोग तालिम प्रदान, १ सय ३ विद्यालयहरुमा एसएमसी ग्रान्ट कार्यक्रम संचालन, पालिका स्तरमा पढाई मेलाको लागि बजेट व्यवस्था र सञ्चालन, स्थानीय तहको क्षमता अभिबृद्धि तालिम संचालन, जिल्ला स्तरीय संयुक्त अनुगमन, स्थानीय गैरसरकारी संस्था मार्फत समुदाय परिचालन भएको प्रतिवेदनमा १० उपलब्धी रहेको सार्वजनिक गरेका थिए ।

सो भच्र्युल कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई समिति बाँकेका संयोजक राम सुरेश यादव, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, जानकी गाउँपालिका शाखा प्रमुख प्रतिभा ओली, शिक्षा विकास तथा समन्वय इकाई बाँकेका शाखा अधिकृत उद्धव प्रसाद श्रेष्ठ, राप्राकपका बाँकेका संयोजक विरेश जंग शाह, राप्तीसोनारी गाउँपालिकाबाट राममणी बस्नेत, नेपाल पत्रकार महासंघ बाँके शाखाबाट डिल्ली शाही, नारायण क्षेष्ठ, हेम लम्साल, इन्द्रा गौतम, दामोदर पंगेनी लगायतको उपस्थति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ५ गते बिहीबार