बाँकेमा बुधवार १८ जनामा काेराेना




बाँकेमा बुधवार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १६ र एन्टिजेन परीक्षणबाट २ गरी १८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ३, कोहलपुर मेडिकल कलेजमा १२ र बागेश्वरी ल्यावमा १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यी तीन अस्पतालमा ७७ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने १६३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ७ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९०३ पुगेको छ ।

यस्तै थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४८७ पुगेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ४ गते बुधबार