Kohalpur Today Header Ads

कोहलपुर महोत्सव उत्साहजनक भैरहेको आयोजकको दाबी




कोहलपुर । बाँकेको कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ उत्साहजनक रूपमा संचालन भैरहेको आयोजकको दाबी रहेको छ ।

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा संचालन भैरहेको महोत्सव १० औं दिनसम्म उत्साहजनक रुपमा संचालन भैरहेको महोत्सव मुल आयोजक समिति सह संयोजक मिना पुन मगरले बताइन ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

जनजाती आदिवासीले पहिलोपटक कोहलपुरमा आयोजना गरेको महोत्सवमा दर्शकहरुको उल्लेखनीय सहभागिता भएका कारण महोत्सव उत्साहजनक रुपमा संचालन भैरहेको उनले बताइन ।

महोत्सवमा सुरु गर्दा हामीले यस्तो उत्साहजनक सहभागिता होला भन्ने अपेक्षा समेत गरेका थिएनौं तर दर्शकहरु उत्साहजनक उपस्थिति देखर हामी आयोजक टिम निकै खुसी छौँ दर्शकहरुको मागलाइ ध्यानमा राख्दै ३ दिन महोत्सव थप गरेका छौ यसप्रति कोहलपुर नगरपालिका परिवारलाई धन्यवाद दिन्छौ उनले भनिन ।

महोत्सव सचिवालय सह संयोक करण पुनले चौतर्फी सबैको सहयोग र दर्शकको मायाले कोहलपुर महोत्सव सोचे भन्दा निकै राम्रो र उत्साहपुर्ण भएको बताए । दिनहुँ दर्शकको उपस्थितिले महोत्सव सफल भैसकेको आयोजकलाइ महसुस भएको छ यसमा हामीलाई साथ, समर्थन र सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्छौ उनले भने आदिवासी जनजाति संग्रहालय निर्माणार्थ गत पुस ९ गते देखि सुरु गरिएको महोत्सव १७ गतेसम्म संचालन गरिने बताइएको थियोे तर दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएकोले दर्शकहरुको मागलाइ सम्बोधन गर्दै थप ३ दिन पुस २० गते सम्म संचालन गरिने निर्णय गरिएको आयोजकले जनाएको छ ।

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको एक्सपोमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति भइरहेको छ ।

महोत्सवको १० औ दिन बिहीबार सदाबहार गायक आनन्द कार्की ,गायिका प्रीती आलेले दर्शकहरुलाइ भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै लो दोहोरी गायक धनराज चुनारा , इब्सल सन्ज्यालको पनि सांगीतिक प्रस्तुति रहेको थियो । महोत्सवमा मोडेल दुर्गा रानाको प्रस्तुति रहेको थियो ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनले स्टलबाट अपेक्षा अनुसारको व्यापार भैरहेको बताए ।

महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार, गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।

१९ गतेका मुख्य आकर्षक

महोत्सवमा शुक्रबार पछिल्लो समय दर्शकहरुको मनमा बस्न सफल गायिका ज्योति मगर गायक शिव संगीत ,सुस्मिता कटवाल ,आरके थारु , आउने भएका छ्न । महोत्सवमा मोडल तथा डान्सर मौसमी रानामगरको पनि प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार