काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमारपौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् ।
प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश. ३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्