स्वर्गीय लालमणि भण्डारीको स्मरण पुस्तिका विमोचन




कोहलपुर ।

बाँकेको कोहलपुरमा स्वर्गीय लालमणि भण्डारीको प्रथम बार्षिकी तथा श्रद्धाञ्जली पुस्तिका विमोचन गरिएको छ ।

सोमबार लालमणि भण्डारीको धर्मपत्नी राधा कुमारी साउँद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वर्गीय लालमणि भण्डारीको प्रथम बार्षिकी तथा श्रद्धाञ्जली पुस्तिका विमोचन गरिएको हो ।

मोहि किसान र उनकी धर्मपत्नी लगायत अन्य अतिथिहरुले पुस्तिकाको विमोचन गरेका थिए । पुस्तिकाको प्रकाशन सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गरेको छ भने संयोजन विष्णु पोखरेलले गरेका छन् ।

पुस्तिकाको सम्पादन विश्वास नेपाली र आवरण राजन काफ्लेले गरेका छन् । लालमणि भण्डारीले २०४६ सालदेखि यता भएका विभिन्न आन्दोलन गरेका थिए । उनले मजदुर, किसान र भूमिहिनकै पक्षमा बोल्ने र निडर स्वभावका रहेको संयोजक विष्णु पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार धर्मपत्नी सहित २२ जनाले लालमणिका बारेमा पुस्तिकामा लेखेका छन् भने उनका सम्झनाका तस्विर समेत राखिएको छ ।
पुस्तिका विमोचन कार्यक्रममा पूर्ण कुमारी सुवेदी, महेश्वराज गहतराज अथक, देवराज भार, शेषकान्त शर्मा, नरेन्द्र न्यौपाने, नरेन्द्र न्यौपाने पाण्डे जेम्स, मदन पाण्डे, जगत बहादुर देउजा, रोमहर्ष धिताल, पूर्ण लाल चुके लगायतको उपस्थित रहेको थियो ।

पुस्तिकामा लालमणिका बारेमा धर्मपत्नी राधा कुमारी साउँद भण्डारी, कृष्णा बिसी, विष्णु पोखरेल, पूर्णकुमारी सुवेदी, भण्डारी देवराज भार, भोलानाथ शर्मा, बनिलाल थारु, भक्तलाल भारती, भुपेद्र प्रकाश बास्कोटा, जसविर वड, ज्योतिलाल बन, कर्णबहादुर थापा, लोकनारायण पोखरेल, मोती भुसाल, नन्द विश्वकर्मा, पूर्णालाल चुके, रामचरण बिसी, रोमहर्ष धिताल, शिव गौतम, नरेन्द्र न्यौपाने र जगत देउजाले लेखेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार