आजको राशिफल हेर्नुहोस्, २०८१ भदौ २७ (बिहिवार)




मेष

दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

बृष

नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मिथुन

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला । प्रेमको डोरो पनि कसिलो हुनेछ ।

सिंह

महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि रहेको देखिन्छ ।

कन्या

कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

कर्कट

मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

तुला

आफन्तसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनसक्छ ।

धनु

अनुहारमा चमक र मन प्रसन्न रहला । घरमा शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।

मकर

राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

बृश्चिक

कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।

कुम्भ

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।

मीन

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २७ गते बिहीबार