बाँकेको कोहलपुर नगरपालिका २ मा ‘द गार्डेन रिर्सोर्ट’ सञ्चालनमा आउन लागेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको भित्र्याउनका लागि यस रिर्सोटले महत्वपूर्ण भूमिका खेल्नेछ । होटल तथा लज रहेको सो रिर्सोटमा विषेशतः हासको छोइला, लोकल कुखुरा लगायत अन्य विभिन्न परिकारहरु समेत हुनेछन् ।
यस्तै सञ्चालन भएकै दिनमा राष्ट्रियदेखि स्थानिय कलाकारहरु समेतको ‘म्यूजिकल नाइट’ समेत सञ्चालन हुन्छन् ।
कार्यक्रममा गायक प्रिन्स ठकुरी, मोडल तथा डान्सर सिन्दु चन्द, गायक चक्र बम, मोडल तथा डान्सर अस्मिता पुरी, गायक राजु केसी र मोडल तथा डान्सर काजल शाही रहेका छन् ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बाँकेका अध्यक्ष बिरेन्द्र सिह गर्नेछन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्