समितिले साउन २५ गतेबाट सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा जिम्मेवार रहेका सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी र सञ्चालकहरूसँग छलफल सुरु गरेको थियो । समिति सभापति सूर्य थापाका अनुसार, सोधपुछ गरिएका सहकारी र सञ्चालकको नाम यस प्रकार रहेका छन् ।
- गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष डम्बरबहादुर तामाङ (डिबी बमजन) र इमानसिंह राई
- श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी
- गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका रामबहादुर गौतम
- तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा (जेलबाट ल्याएर)
- शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मा (केन्द्रीय कारागार, जगन्नाथ देवलबाट ल्याएर)
- नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा (नख्खु जेलबाट ल्याएर)
- पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग (केन्द्रीय कारागारबाट ल्याएर)
- सुमेरु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हेमराज दाहाल, हालका अध्यक्ष कृष्णप्रसाद कँडेल र २०८१ असार ३ को साधारण सभाबाट प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जन र सेयर सदस्य राजबहादुर सिंह
- आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी उप्रेती) (डिल्लीबजार कारागारबाट ल्याएर)
- कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभ (सहकारी संस्था)का अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई (डिल्लीबजार कारागारबाट ल्याएर)
- सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) (कास्की सुधार गृहबाट ल्याएर)
- सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याल (कास्की सुधार गृहबाट ल्याएर)
- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष कल्पनाकुमारी श्रेष्ठ
- प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका अध्यक्ष शङ्कर कार्की र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल (कास्की कारागार कार्यालयबाट ल्याएर)
- बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था,ललितपुरका अध्यक्ष अजय श्रेष्ठ (कास्की कारागार कार्यालयबाट ल्याएर)
- मित्र मिलन बचत तथा ऋण सहकारी संस्था,पोखराका अध्यक्ष रमण पौडेल (कास्की कारागार कार्यालयबाट ल्याएर)
- ओरियन्टल,प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य सञ्चालक सुधीर बस्नेत
- छिपछिपे, नवलपरासी (सुस्ता पूर्व), सनराइज, चितवन र नमस्ते बर्दिया लगायतका सञ्चालक र अध्यक्ष रहेका नागेन्द्रबहादुर रिमाल (चितवन कारागारबाट ल्याएर)
- देउराली बहुउद्देश्यीय सहकारी संस्था, सात दोबाटो, ललितपुरका अध्यक्ष रवीन्द्र चौलागाईं (नख्खु कारागारबाट ल्याएर)
- कल्याण उपकार सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ लि. मान भवन,ललितपुरका अध्यक्ष लीलाबहादुर गुरुङ (एलवी) (नख्खु कारागारबाट ल्याएर)
- बराह बचत तथा ऋण सहकारी संस्था लि. धरानका अध्यक्ष मानबहादुर विश्वकर्मा
- कृषि विकास बहुउद्देश्यीय, कुमारी पाटी, ललितपुर र कृषि विकास बचत तथा ऋण सहकारी संस्था, गट्ठा घर, भक्तपुरका अध्यक्ष तेजविक्रम थापा (नख्खु जेलबाट ल्याएर)
- हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्था बालुवाटार, काठमाडौँका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङ
- ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिवलगायत अन्य ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध मधुसूदन पाठक (सिते बा)
- गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नो बडी प्रडक्सन प्रालिका सञ्चालक विपिनकुमार आचार्य
- स्टाण्डर्ड सेभिङ एन्ड क्रेडिट, पुतलीसडकका अध्यक्ष तथा स्टाण्डर्ड मल्टीप्रपोज, जावलाखेल, चार्टर सेभिङ एन्ड क्रेडिट, न्यु प्लाजा, कुबेर सेभिङ एन्ड क्रेडिट, महाराजगन्ज र प्रभु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, न्युरोडमा आबद्ध खेमराज निरौला ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ भदौ ३ गते सोमबार












प्रतिक्रिया दिनुहोस्