Kohalpur Today Header Ads

मन्त्रीमण्डलविरूद्ध जनकपुरमा कुर्सी जुलुस




मधेश सरकारले २० सदस्य मन्त्रीमण्डल बनाएको विरोधमा जनकपुरमा केर्सी जुलुस प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका हुन् ।

जनकपुरको रामानन्दचोकबाट कुर्सी जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको छ । उनीहरु मुख्यमन्त्रीको राजिनामा समेत मागेका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंह मंगलबार पाँच राज्यमन्त्री थप गर्दै अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्री मण्डल बनाएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार