कोहलपुरमा ज्ञानकुञ्ज अब्रोड कन्सल्टेन्सी सञ्चालन




कोहलपुर ।

उच्च शिक्षा अध्ययनका लागि विदेश चाहने विद्यार्थीलाई लक्षित गरी ज्ञानकुञ्ज अब्रोड कन्सल्टेन्सी कोहलपुर नगरपालिका ११ साझाचोकको पूर्वउत्तरमा नजिकै सञ्चालनमा आएको छ ।

कन्सल्टेन्सीका सञ्चालक महेन्द्र कार्कीले उच्च शिक्षा अध्ययनका लागि विदेश चाहने विद्यार्थीलाई काठमाडौं पुगेर अध्ययन गर्नुपर्ने बाध्यता हटेको बताए ।

उच्च शिक्षा अध्ययनका लागि विदेश चाहने विद्यार्थीलाई विदेश पठाउने मात्र नभएर कन्सल्टेन्सीले अध्ययनको समयावधिपछि घर फर्कन समन्वय पनि गरिने बताए ।

कोरिया र जापानमा अध्ययनको लागि भाषा तयारी कक्षा तथा सम्पूर्ण कागजात बनाउने सुविधा कन्सल्टेन्सीमा रहेको छ ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहीबार