बैजनाथ रारा आविमा विव्यस र अभिभावक संघ गठन

बैजनाथ ।

बाँकेको बैजनाथ गाउँपालिका १ मा रहेको रारा आधारभूति विद्यालयमा विव्यस गठन भएको छ । आज भएको अभिभावक भेलाबाट सर्वसम्मत रुपमा विव्यस अध्यक्षमा वृर्ष रोकाय चयन भएका छन् ।

जसमा सदस्यहरु वसन्ती वि.क., रुपी रोकाय, जीत बहादुर सिंह ठकुरी, राम बहादुर वि.सि, हिमाली सञ्ज्याल, वडा प्रतिनिधि धनकली सुनार, शिक्षक प्रतिनिधि बल बहादुर शाह र विद्यालयका प्रअ मान बहादुर खड्का सदस्य सचिव रहेका छ्न ।

सोही भेलाबाट अभिभावक संघ समेत गठन भएको छ । सर्वसम्मत रुपमा लोक बहादुर रोकायको अध्यक्षतामा अभिभावक संघ गठन भएको हो ।

जसमा सदस्यहरु फनीसरा रावत, अनिता शाही, भिमकोस कुलाल, कमल सार्की, सूर्य बहादुर बस्नेत, अदान सिहँ रोकाय, जानकी बुढा, भद्रशिला शाही, शिक्षक प्रतिनिधिमा कृष्ण कुमार शाही र विद्यालयका प्रअ मान बहादुर खड्का सदस्य सचिव रहेका छ्न ।

निवर्तमान विव्यस अध्यक्ष छेगु रावल लगायत उनको समितिमा रहेका पदाधिकारीलाई विदाई सहित सम्मान गरिएको थियो ।