१ अर्वको लगानीमा कोहलपुरमा सुविधा सम्पन्न क्यान्सर अस्पतालको भवन बन्दै




कोहलपुर ।

नेपालगञ्ज मडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा क्यान्सर अस्पताल भवनको शिलान्यास भएको छ ।

शुक्रबार काठमाण्डौं विश्वविद्यालयका उपकुलपति भोला थापा, मेडिकल कलेजका सञ्चालक कुमार प्रसाद अर्याल र पूर्व सञ्चालक सुरेश कनोडियाको संयूक्त रुपमा क्यान्सर अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका उपकुलपति भोला थापाले पश्चिम क्षेत्रमा अत्याधिक सुविधा सम्पन्न भवन बनाउन लाग्दा निकै खुसी भएको भन्दै प्रोत्सहान र उर्जा दिनुपर्ने बताए ।

विश्वविद्यालय अन्तर्गत हालसम्म ५७ देशका साढे ५ हजार विद्यार्थीहरुलाई अध्ययनअध्यापन गराइएको जानकारी दिँदै नेपालगञ्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरले पनि पढाउँदै स्वास्थ्य सेवा दिइरहेकोमा धन्यवाद दिए ।

नेपाल सरकारको शिक्षा विभागले कहिले काँही सिट संख्या, भर्ना र शुल्कका विषयमा समस्या आउने गरेको छ यसलाई निर्मुल पार्नका लागि सबै लाग्नुपर्ने उनको भनाई थियो ।

यस्तै शिलान्यास कार्यक्रममा बोल्दै मेडिकल कलेजका सञ्चालक कुमार प्रसाद अर्यालले करिब १ अर्ब भन्दा बढि लगानीमा क्यान्सर अस्पताल सुरु गर्न थालेको बताए । पश्चिम नेपालकै सर्वोउत्कृष्ट भवन सहित गुणस्तरीय र प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

‘शिक्षण अस्पताल कोहलपुरबाट हाल पनि क्यान्सर सम्बन्धी रोगको सेवा दिइरहेका छौं,’ उनले भने, ‘त्यसलाई छुट्टै भवनबाट एकिकृत रुपमा सेवा दिन खोजेका हौं ।’ यस भवनबाट अबको दुई वर्ष भित्रमै सेवा पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार वि.एन., उपनिर्देशक श्याक कुमार शर्मा, प्रिन्सिल अनुप शर्मा लगायत प्रोफेसन डाक्टर, नर्स, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार