बालबालिकाको सिर्जनात्मक सञ्चार कार्यक्रम : ड्युटी




केहि संकेत पाउना साथ गेट खोल्नै पर्ने ड्युटी
अचानक ढिला भइहाल्यो भने केहि शब्द सुन्ने पर्ने ड्युटी ।

भोक प्यासलाई टाढै राखेर भए पनि गर्ने पर्ने ड्युटी
व्यक्तिगत कामलाई थाति राख्दै अगाडी सर्नै पर्ने ड्युटी ।

सक्दो गर्छु तर दोष र गल्ति जति सबै आफै लिनु पर्ने
राम्रो काम गर्दै जादा जस फाइदा सबै अरुलाई दिनु पर्ने ।

जिम्मेवारी एउटा हुन्छ यहाँ तर काम अनेक पूरा गर्नु पर्ने
अरुको आदेश मान्दा मान्दै आफ्ना विचारहरु मन भित्रै मर्ने ।

यस्तै छ यहीँ विद्यालयलाई अहोरात्र सेवा दिने काम
सुख र दःुख यसैमा बनिरहेको छ मेरा शान अनि पहिचान ।

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ १ गते मंगलबार