सामी परियोजना : मनोसामाजिक परामर्शका कारण बदलिएको एउटा जीवन

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, आर्थिक विकास शाखा संयोजक दिल बहादुर रावत, इन्द्रमणि ढकाल र मिना चौधरी लगायतको टोलि मनोसामाजिक परामर्श के कस्तो प्रभाव परिरहेको छ भन्ने विषयमा अनुगमन ।

कोहलपुर ।

सिता (नाम परिवर्तन) को जीवनमा मनोसामाजिक परामर्शपछि बिल्कुलै सकारात्मक परिवर्तन आएको छ । उनको जन्म कोहलपुर नगरपालिका ११ मा भएको हो । श्रीमान् वैदेशिक रोजगारीको लागि वि.सं. २०७५ सालमा खाडी मुलुक मलेसिया गए । श्रीमान् काममा गएपछि सिताले जीवनमा नयाँ परिवर्तन आउला, श्रीमान्ले खर्च पठाउनु होला, बालबच्चा पढाउन र स्कूलमा पढाउन सजिलो होला भन्ने सपना देखेकी थिइन् ।

उनका छोरा दुई वटा थिए । श्रीमान मलेसियामा हुँदा पनि राम्रो व्यवहार देखाई राख्नुभएको थियो । अबसोच उनका श्रीमानलाई कोरोना देखियो । उपचार पनि भयो । तर विडम्बना २०७८ असार महिनामा सिताको श्रीमानलाई कोभिड भयो ।

कोभिडका कारणले उनका श्रीमानको मृत्यु भयो । जब श्रीमान मृत्यु पश्चात चिन्ता, पिरले गर्दा अब केही गर्न सक्दैन की भन्ने सोचका कारण उनी डिप्रेशनमा पुगिन् । डिप्रेशनको बेलामा उनका दुई छोराछोरीको खाना बस्न लगायत अन्य समस्याले झन परिवार समस्याले ग्रसित भयो । यसरी डिप्रेशनबाट ग्रसित भएर सिता दुःखपूर्ण जीवन चलिरहेयो । करिब २ महिनासम्म डिप्रेशनको औषधि प्रयोग गरिन् ।

एक दिन समूह छलफलको क्रममा सामी परियोजना अन्तर्गत कार्यरत् मनोसामाजिक परामर्शकता सम्झना चौधरीसँग उनको भेट भयो । चौधरीले वैदेशिक रोजगारका कारण घर परिवारका महिला तथा वालवालिकामा परेको समस्यालाई कसरी सहज तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे आधारभूत जानकारी दिइन् । परामर्शर्तासँग नियमित भेटघाट हुन थाल्यो ।

मनोपरामर्शकर्ताको आफूप्रतिको बोलीचाली व्यवहार देखेर सितालाई आफ्नो जीवनमा परिवर्तन आउन सक्नेप्रति विश्वस्त बनेकी थिइन् । वर्षले ४५ पुगेकी सिताले परामर्शकर्तासँग गरिएका कुराहरु गोपानीय रहने बुझेपछि परामर्शकर्तासँग भेटेर आफ्नो समस्याहरु बारेमा खुलेरै कुरा गरिन् ।

प्रत्येक भेटमा परामर्शकर्तासँग हुने करिव घण्टाको मनोसामाजिक परामर्शको क्रममा आफ्नो मन हल्का हुँदै गएको महसुस गरिन् । यसले उनमा एक प्रकारको साहस, आँट वढ्दै गइरहेको थियो । सोही बमोजिम व्यवहारमा पनि सकारात्मक परिवर्तन हुदै गएको थियो । परामर्शकर्ताले भेटघाटको क्रममा सिताको समस्यालाई राम्रोसँग बुझी त्यसको समाधान भयो ।

आफूमा आएको सबैखाले परिवर्तन मनोपरामर्सकर्ता सेवाको कारण सम्भव भएको कुरा सिता बताउँछिन् । यस्तै समस्याले ग्रसित भएका कोहलपुर नगरपालिका भित्रका २० जना महिलाहरुको डिप्रेशनको औषधि लिनबाट छुट्कारा मिलेको र १५ जना महिलाहरुको मनोसामाजिक परामर्श भइरहेको चौधरीले बताउँछिन् ।