वडा स्तरीय अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता : रारा आवि प्रथम, स्काईल्याण्ड द्धितीय

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका १ मा भएको वडा स्तरीय अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगितामा रारा आधारभूत विद्यालय प्रथम भएको छ ।
प्रथम हुनेमा रारा आधाभूत विद्यालयमा अध्ययनरत आसिका थापा, सुनिता बस्नेत, मुकेश रोकाय र प्रतिक शाही रहेका छन् ।

यस्तै प्रतियोगितामा स्काईल्याण्ड माध्यामिक विद्यालय द्धितीय भएको छ । द्धितीय हुनेमा स्काईल्याण्ड माध्यामिक विद्यालयमा अध्ययनरत राजसिंह ठकुरी, आकृति शाह, प्रतिष्ठा मल्ल र बनिस विष्ट रहेका छन् ।

यस्तै प्रतियोगितामा जनजागरण आधाभूत विद्यालय तृतीय भएको छ । तृतीय हुनेमा जनजागरण आधाभूत विद्यालयमा अध्ययनरत समिर हमाल, मदन कठायत, जानकी रावल र हिरादेवी तिरुवा रहेका छन् ।

बैजनाथ गाउँपालिका वडा नं. १ का सामुदायिक र संस्थागत गरी ७ वटा विद्यालयहरु सहभागि भएका थिए जसमा रारा आवि, जनजागरण आवी, दहित आवी, दिपज्योति मावी,स्काईल्याण्ड मावी, सुर्याेदय मावी र क्रियटिभ स्कलर्स एकेडेमी रहेका छन् । ७९ वटा प्रश्न सोधिएको थियो ।


बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले वडा स्तरीय अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन शत्रमा बोल्दै शाहीले बालबालिकाको सार्वङ्गिक विकास गर्न अतिरिक्त क्रियाकलापको अति आवश्यक रहेको बताए ।

विद्यालयको भौतिक संरचना निर्माण गर्न पालिका हुँदै प्रदेश र केन्द्रबाट समेत बजेटको व्यवस्थापन गरी भौतिक संरचना निर्माण गर्न विश्वास दिलाउँदै आगामी वर्षबाट रारा आविलाई मावि बनाउने योजना ल्याएको बताए ।

यस्तै बैजनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रुप बहादुर मल्ल, विद्यालयका प्रअ मान बहादुर खड्का लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतियोगिताको सभापति तथा रारा आविका विव्यस अध्यक्ष विर्ष रोकाय रहेका थिए भने कार्यक्रम सञ्चालक विद्यालयका शिक्षक कृष्ण कुमार शाहीले गरेका थिए ।

यस्तै कार्यक्रममा होमस्टे महासंघका केन्द्रिय महासचिव कृष्णलाल चौधरी, देउराली हरियाली सामुदायिक उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र बहादुर खत्री, कारितास नेपालका अधिकृत ऋषि शर्मा लगायत शिक्षक, विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।