ब्राउन सुगर सहित १ जना पक्राउ




काेहलपुर ।

बाँकेमा ब्राउन सुगर सहित १ जना पक्राउ गरेकाे छ ।

नेपालगंज उपमहानगरपालिका -०७ गगनगंजका शुभम मानन्धरले आफ्नो घरमा लागू औषध ब्राउन सुगर ल्याई बेचबिखन गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे थियाे ।

प्रहरीका अनुसार घर कोठा खानतलासी गर्दा निज सुत्ने कोठामा ९ वटा पुडिया बनाई राखेको तौल गर्दा ६ ग्राम ब्राउनसुगर जस्तो पदार्थ, तौल गर्ने तराजु , नगद १८ हजार ३ सय रूपैया र प्लाष्टिको रोल सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएको काेहलपुर टुडेलाइ जानकारी दिएकाे छ ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहीबार