नमूना विद्या सदनमा संस्कृति खाद्य महोत्सव र विज्ञान प्रदर्शनी (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ८ मा रहेको नमूना विद्या सदनमा अध्ययनरत बालबालिकाहरुले संस्कृति खाद्य महोत्सव र विज्ञान प्रदर्शनी गरेका छन् ।

आइतबार नमूना विद्या सदनका कार्यकारी निर्देशक शिव प्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका कार्यवहाक नगर प्रमुख तथा वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाको प्रमुख अतिथिमा संस्कृति खाद्य महोत्सव र विज्ञान प्रदर्शनी उद्घाटन भएको थियो ।

उद्घाटन कार्यक्रमा बोल्दै काव नगर प्रमुख तथा ८ का वडा अध्यक्ष रानाले बालबालिकालाई किताबी ज्ञान मात्र होइन बाह्य ज्ञानको अति आवश्यक रहेको बताए । पछिल्लो अवस्थामा इन्टरनेट र सामाजिक सञ्जालका कारणले सूचनाहरु तिव्र रुपमा फैलिइरहेको हुन्छ तर त्यसलाई सहि सदुपयोग गरियो भने बालबालिकाको भविष्यमा उज्वल हुने रानाले जिकिर गरे ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले नमूना विद्या सदनले व्यहारिक र नैतिक शिक्षामा जोड दिनुपर्ने बताए ।

यस्तै बालबालिकाले नयाँ प्रविधि सहितको नयाँ योजना ल्याएका थिए । प्रविधिलाई प्रयोग गरी विज्ञान क्षेत्रमा रुचिभएका बालबालिकाले स्रोत र साधनको प्रयोग गरी फोहोर प्रशोधन, सोलार सिस्टम, बायो ग्याँस, थोपा सिचाई, अटोमेटिक लाइट तथा रक्तपरिक्षणका लागि ल्याब समेत निर्माण गरी प्रर्दशनीमा राखिएको थियो ।

यस्तै बालबालिकालाई घरायसी काम पनि सिक्न र सिकाउन विद्यालयले संस्कृति खाद्य महोत्सव सञ्चालन गरेको थियो । बालबालिकाले विभिन्न परिकार बनाएका थिए । जसमा चार हाउसहरुले चटपटे, पकौडा, पानीपुरी, चाट, सेलरोटी, चिया, अचार, मोमो, ढिक्रि लगायत एक दर्जन बढि परिकार राखेका थिए ।

कक्षा ५ देखि १० कक्षा सम्मका बालबालिकाले आफैले पकाएका खानेकुरालाई आफ्ना अभिभावकलाई समेत खुवाएका थिए । आफ्नो छोराछोरीले पकाएर दिएर खुवाएको देखेर अभिभावक समेत दंग थिए ।

बालबालिकालाई नतिमा उत्कृष्ट हुनेलाई समेत सम्मान गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने बालबालिकालाई प्रमाण पत्र सहित ट्रफि प्रदान गरिएको थियो ।

यस्तै नमूना विद्यालय सदन एउटा बहुआयामिक तवरबाट अगाडी बढेको विद्यालयका कार्यकारी निर्देशक शिव प्रसाद डाँगीले बताए ।
बालबालिकालाई विद्यालयको घेरामा मात्र सिमित नभएको भन्दै व्यहारिक र नैतिक शिक्षामा प्रमुख आधार बनाएका अध्ययन/अध्यापन गराइरहेको डाँगीले बताए ।

बालबालिकालाई जंगफूड खाना दिँदैनौ आफैले बनाएका खाने बताउँदै आएको नमूनाले विभिन्न समयमा यस्ता कार्यक्रम गरी बालबालिकाले क्षमता अभिबृद्धि भइरहेको र गुणस्तरीय शिक्षा प्रदान गरी नाम जस्तौ काम गरेको डाँगीको जिकिर थियो ।

यस्तै कार्यक्रमा कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक अनिता बुढा क्षेत्री, कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) सुन्दर तिवारी, वडा नं. ७ का वडा अध्यक्ष ठग्गा थारु लगायत अभिभावक सहित विद्यार्थीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।