काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने योजना बनाएको छ । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेस जाजरण अभियान र उत्तर–दक्षिण अभियान चलाउन चलाउने बताएका हुन् ।
उनले उत्तर दक्षिण अभियानले हिमाल पहाड र तराईलाई जोड्ने जानकारी दिए । यस्तै तराई मधेस जाजरण अभियानले पार्टीको संगठन सुदृढिकरणमा सघाउ पुग्ने प्रचण्डको भनाइ छ। यसबारे पार्टीले ठोस निर्णय गरेर अघि बढ्ने उनको भनाइ रहेको एक नेताले जानकारी दिए ।
बैठकमा प्रचण्डले उत्पीडित जनसमूदायलाई जोडेर जानुपर्ने र आगामी निर्वाचनको पनि अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राखेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्