मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले गर्‍यो विद्यार्थीलाई स्वागत तथा विदाई

भगवती पोख्रेल, कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । स्नातक तह प्रथम सेमेस्टर –२०८० लाई स्वागत, स्नातक तह –२०१९ का आठौं सेमेस्टर र स्नातकोत्तर तह चौथो (थेशिस) सेमेस्टरका विद्यार्थीहरु लाई विदाइ गरेको हो ।


लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा अवस्थित उक्त क्याम्पस बांके जिल्लाको शैक्षिक हव बनाउने क्याम्पस हो । २०७५ सालमा पव्लिक क्याम्पसबाट मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भएसंगै हाल शैक्षिक गुणस्तर निर्माण गरि ग्र्याजुएट तथा पोस्टग्र्याजुएट तहमा दक्षजनशक्ती उत्पादन गर्दै आएको छ ।


स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष सुरेश चंदाराले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको उदघाटन क्याम्पस प्रमुख दान बहादुर हमालले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् क्याम्पस प्रमुख दान बहादुर हमालले वागेश्वरी बहुमुखी क्याम्पसले विभिन्न आरोह अवरोह पार गर्दै आज पांचसय बढी विद्यार्थीलाई स्वागत र तीन सय बढी विद्यार्थीको विदाइ गर्ने अवसर पाएको उल्लेख गरे । उनले क्याम्पसमा स्नातक तहमा विभिन्न संकायको पठनपाठन गर्न लागेको लामो समय भएको र आउने शैक्षिक सत्रमा वि एसि समेतको पठनपाठन गर्न क्याम्पस तयार रहेको वताए । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु राज्यको विभिन्न ओहदामा काम गरिरहेको वताउदै क्याम्पसले उच्च र दक्षजनशक्ती उत्पादन गरिएको वताए ।

क्याम्पसबाट विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरु बेरोजगार नभएकोले आफुहरुले गुणस्तरीय शिक्षा दिदै आएकोले आम अभिभावक लाई आफ्ना छोराछोरीको भविस्य बनाउन सफल भएको वताए । क्याम्पसले गत वर्ष विश्वविद्यालयमा गोल्ड्मेडलिस्ट ल्याउने विद्यार्थी उत्पादन गर्नु गौरवको अनुभुति गरे । निकै सस्तो र सुलभ शुल्कमा पठनपाठन गर्ने सक्ने भएकोले सबैलाई क्याम्पसप्रती सकारात्मक सोच बनाउन अनुरोध गरे । उनले आफ्न विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा देखेर निकै हर्सित भएको वताए ।


कार्यक्रममा बोल्दै स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष एवम् कार्यक्रमका सभापति देवेन्द्र बहादुर बुढाले क्याम्पस आफुहरु राजनीति नभैइ क्याम्पसको वृहतर विकासमा लागेको वताए । क्याम्पस कोहलपुर मात्र होइन यस क्षेत्रको शैक्षिक हव भएकोले स्व वि यु ले विभिन्न शिर्षकमा छात्रवृत्ति दिने, अतिरिक्त क्रियाकलाप गराउने र विद्यार्थीको हक र हितमा लाग्ने वताए ।
कार्यक्रममा स्नातक तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी लाई स्वागत, आठौ सेमेस्टर र स्नातकोत्तर तह चौथो सेमेस्टरका विद्यार्थीहरु लाई खादा र अविर लगाएर स्वागत एवम् विदाइ गरिएको थियो । स्नातक तह वि वि ए तर्फका विद्यार्थीहरुले फुडसल समेत राखेका थिए ।


उक्त कार्यक्रममा स्नातकोत्तर तथा स्नातक तहका विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न विधा नृत्य, साहित्य, नाटक समेत देखाई मनोरञ्जन देखाएका थिए ।
कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरु जीवन सिहं राठौर, ज्ञानेन्द्र शाही र  खोपिराम वलि क्षेत्री, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति एकराज शर्मा,  नेपाल रास्टृय प्राध्यापक संगठनका अध्यक्ष जयकृष्ण न्यौपाने लगायत पुर्व क्याम्पस प्रमुखहरु, पुर्व सहायक क्याम्पस प्रमुखहरु, प्राध्यापक कर्मचारी र विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण स्वतन्त्र विद्यार्थी युनियनका सचिव महेन्द्र प्रकाश मल्लले गरेका थिए ।