संग्राहलयको स्तरोन्नती गर्न कर्णाली प्रदेश प्रमुख परियारको आग्रह

कर्णाली प्रदेश प्रमख तिलक परियारले सुर्खेत स्थित ऐतिहासिक संग्रहालयको संरक्षण तथा सम्वद्र्धनमा कर्णाली प्रदेश सरकारको ध्यान पुग्न जरुरी रहेको औल्याएका छन् ।

आइतबार प्रदेश संग्रहालय तथा अभिलेखालयको अवलोकन गर्दै उनले साविकको क्षेत्रीय संलग्रहालय हुँदै हाल प्रदेश संग्रहालय बनिसक्दा समेत कुनै भौतिक प्रगति हुन नसकेको प्रति असन्तोषजनाउँदै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर कर्णालीको लोक संस्कृतिको संरक्षण र सम्वद्धन गर्नुपर्नेमा जोड दिए ।

उनले संग्रहालयलाई शिक्षा प्रदान गर्ने, अनुसन्धानसँगै मनोरञ्जन गर्ने ऐतिहासिक थलोको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनका अनुसार तत्कालै आफ्नो स्तरबाट प्रदेश संग्रहालयको स्तरोन्तीका लागि प्रदेश सरकारलाई आग्रह गरिने छ ।