कोहलपुर ८ पिपरीबाट १४ किलो लागुऔषध सहित श्रीमानश्रीमती पक्राउ

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ८ पिपरीबाट १४ किलो आगुऔषध सहित दुई जना पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–८ पिपिरीबाट अवैध लागुऔषध चरेस १२ केजी ७ सय ४ ग्राम र अफिम २ केजी ४५ ग्रामसहित २ जनालाई प्रहरीले शनिबार राती करिब ८ बजे दुई जना पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–८ पिपिरीका रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कबिता थापा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।

उनीहरुले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको तिवारीले बताए ।

पक्राउ पर्नेहरु लामो समयदेखि लागुऔषध ओसारपसारमा गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।