मुख्यमन्त्री कोहलपुर गोल्डकप : चर्च ब्वाइजको विजयी सुरुवात

गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल र सुदरपश्चिम ११ स्पोर्ट क्लब धनगढी विच प्रतिस्पर्धा हुने

कोहलपुर ।

बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ ।

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइजले आयोजकलाई पेनाल्टी सुट आउटमा (४—५) गोलको अन्तरले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा आयोजकलाई स्तब्ध पार्दै चर्च ब्वाइजले विजयी सुरुवात गरेको छ ।

ब्वाइज क्लबका गोलकीप्पर अविशेक चौधरीले म्यान अफद म्याज धोषित भएका थिए भने उहाँलाई नगद रु ५ हजार रकम उपलब्ध गराइएको थियो । रेसिङ साहाराका तर्फबाट खेलेका ३ जना विदेशी खेलाडी खेलेका थिए ।

त्यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले देशवासीलाई एकताको सन्देश दिने भन्दै कोहलपुर गोल्डकपलाई प्रदेशको नियमित कार्यक्रममा समावेश गरिने बताउनुभएको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्य, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रसाद भट्टराई लगायतले कोहलपुर गोल्डकपलाई निरन्तरता दिन आवश्यक सहयोग गरिने बताउनुभएको छ ।

मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा बिहिबार गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवल र सुदरपश्चिम ११ स्पोर्ट क्लब धनगढी विच प्रतिस्पर्धा हुने खेल संयोजक राम बहादुर मल्ले बताउनुभयो । मल्लका अनुसार भोली २ बजेबाट खेल सुरु हुने बताउनुभएको छ ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार चार लाखसहित ट्रफी प्रदान गरिनेछ । फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।