एमाले प्रदेश सदस्य सहित ५० जनाले पार्टी परित्याग गरी समाजवादीमा प्रवेश




कोहलपुर ।

नेकपा (एकीकृत समाजवादी) ले झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० अवसरमा एमालेका प्रदेश सदस्य सहित ५० जना भन्दा बढिले पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एसको जनसभामा एमाले प्रदेश कमिटि सदस्य जमिल अहमत खाँ लगायतका विभिन्न राजनीतिक दल परित्याग गरेर ५० जना भन्दा बढि नेताकार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरूलाई पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

सम्बोधन गर्दै नेता अब्दुल हुँसेन खाँले समाजवादी आन्दोलन सम्पन्न गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताए ।

यो पनि पढ्नुहोस् ।

‘समाजवादी क्रान्ति सफल बनाउन अभियान चालेका हौं ‘: युवा नेता अब्दुल हुसेन

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधबार