बैजनाथमा लैगिंक हिंसा विरुद्ध अभिमुखीकरण

कृष्ण कुमार शाही, कोहलपुर ।

बैजनाथ गाउँपालिकाले लैगिंक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम गरेको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियान अन्र्तगत बैजनाथ गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम गरेको हो । बैजनाथ गाउँपालिकाको आयोजना र महिला तथा बालकालिका शाखको सहजीकरणमा वडा न ७ मा सो कार्यक्रम भएको थियो ।

यस्तै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले नेपालको संविधान २०७२ मा नागरिकका आधारभूत ३२ वटा मौलिक हक पाउनुपर्ने व्यवस्था रहेको बताए । २१ औ शताब्दीमा महिला मात्र हिंसामा नभई पुरुष पनि हिंसामा पर्ने गरेका छन् उनले भने । त्यसको न्यूनिकरण गर्नका लागि नेपाल सरकारले राष्ट्रिय नितिको रुपमा अघि सार्नुपर्ने उनको भनाई थियो ।

यस्तै बैजनाथ गाउँपालिका सामाजिक विकास समिति सदस्य धिरेन्द्र सिह ठकुरीले समाजमा हिंसा सम्बन्धी पूर्ण रुपमा जनचेतना भयो भने हिंसालाई न्यूनिकरण गर्न सक्ने बताए । त्यसको लागि गाउँपालिकाले हिंसा विरुद्ध कानूनी परामर्श समेत राख्न अुनरोध समेत गरे ।

यस्तै महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले समाजमा के कस्ता हिंसा भैरहेका छन्, यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिएकी थिइन् । यस्तै कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सिताराम थारु, सामाजिक विकास समिति संयोजक गुमान बहादुर दमाइ लगायत अन्य राजनितिक कर्मी, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थित रहेको थियो ।