काेहलपुर ।
काेहलपुर नगरपालिकाले काेहलपुर नगर भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाइ का लागि सुचना तथा प्रविधि तालिम आइतबारदेखि शुरु भएकाे छ।
काेहलपुर नगरपालिका प्रमख लुट बहादुर रावतले साे तालिमकाे उद्घाटन गर्नुभएकाे थियाे । उद्घाटनकाे क्रममा बाेल्दै रावतले काेराेनाकाे कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाे भन्दै वैकल्पिक माध्यमकाे प्रयाेग गरेर विद्यालय बन्द रहँदा पनि शिक्षक र विद्यार्थी जाेडिनु पर्ने बताउनुभएकाे थियाे । उहाँका अनुसार विद्यार्थी घरमा बसेर पनि सिक्न सकुन् भन्ने उदेश्यले याे तालिम सञ्चालन गरेकाे बताउनुभएकाे थियाे ।
यस्तै काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकारामले विश्वमा आईसीटीकाे विकास द्रुत गतिमा अगाडि बढेकाे भन्दै काेभिडका कारणले विद्यालय बन्द रहँदा पनि पढाई निरन्तरता दिन सजिलाे हाेस् भनेर याे तालिम सञ्चालन गर्न लागेकाे जानकारी दिनुभएकाे थियाे ।
काेहलपुर नगरपालिका सामाजिक विकास समितिका संयाेजक नारायणी वलीले काेभिडले धेरै क्षेत्रमा असर पुर्याएकाे भए पनि धेरैजनालाई आईसीटीसंग जाेडिन सिकाएकाे बताउनुभएकाे थियाे ।
उहाँका अनुसार सिमित श्राेत साधन प्रयाप्त मात्रामा नभए पनि सिकाईलाई निरन्तरता दिनुपर्ने र सबै शिक्षकले काेराेना विरुद्धको खाेप लगाए पनी १८ वर्ष तलका बालबालिकालाई पनि खाेप अनिवार्य लगाउनु पर्नेमा जाेड दिनुभएको थियाे।
काेहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले विद्यालय बन्दरहेकाे अवस्थामा वैकल्पिक शिकाई सहजिकरण गर्न तालिम सञ्चालन गरेकाे बताउनुभएकाे थियाे । काेहलपुरका ३० वटा सामुदायिक विद्यालयका १/१ जना शिक्षकलाई दुई दिनसम्म तालिम सञ्चालन गरिने शाखा अधिकृत शिला गाैतमले बताउनुभएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्