सम्झौताविहीनको पत्रकारिता




राज्यको चौथो अंगका रुपमा स्थापित सञ्चार क्षेत्रको विरुवा हो । कोहलपुर मिडिया हावसद्धारा स्थापित कोहलपुर अनलाईन पत्रिका हो । यो पत्रिकाले आजको २१ औ शताब्दिअनुसार चलायमान हुनेछ । आम गरिब जनाताको गाँस र बाँसदेखि देशको राष्ट्रपति भवन सम्मको निगरानी तथा खबरदारी गरिनेछ । सामान्य मजदुरदेखि प्रधानमन्त्री सम्मका व्यक्तिले गर्ने हरेक क्रियाकलापको खोजी गर्नेछ । देशको संविधान मात्र होइन विदेशको तीनको पहिचान गरी जनाताको अधिकारलाई सुनिश्चित गर्नेछ । विश्वमा रहेका हिन्दु, बौद्ध, जैन, चार्वाक, क्रिश्टियन दर्शन लगायत ईस्लाम र अवस्थित सबै दर्शन तथा रितिरिवाज स.स्कृतिको राम्रा पक्षको अंगीकार गर्नेछ । देशको भौगोलिक क्षेत्र हिमालदेखि तराई सम्म, पूर्वदेखि पश्चिम महाकालीसम्म प्रदेश एक देखि कर्णाली प्रदेशका विविध आधारहरुको खोजी गरी पत्रिकाको माध्यमबाट आमनागरीकमा सचेतना फैलाउने काम गरिनेछ ।

विद्यार्थी नेतादेखि युवा नेता तथा राजनेताको सहित गलतपक्षको गहिरो वकालत गर्दै आम जनतामा उनीहरुका कामको प्रफुस्टन गर्नेछ । राज्यको चौथो अंगका रुपमा राज्यले यसको कामको आधारमा उच्च स्थानको अनलाईन पत्रिकाको रुपमा स्थान दिने वातावरणको तयार नेछ । म भन्दा पनि हामी भन्ने भावनाको विकास गर्नेछ । गरिबको गाँस, बाँस, कपास, शिक्षा तथा स्वास्थ्यको सुरक्षाको बुलन्द आवाज तथा देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च ओहदाका व्यक्तिको शयलपनलाई बाहिर ल्याउने सवालमा निडरपन भएर काम गरिनेछ ।
देशमा मौलाएको भ्रष्टाचार, हत्या, आतंक, बलत्कार, घुसखोरी जस्राको तत्काल जानकारी गराई यसबाट आम जनता मूक्तहुने वातावरणमा कतिपनि नडगमगाई आफनो काम गर्नेछ ।

शैक्षिक विकासका विविध पक्षबाट आमनागरीकमा सचेतना प्रदान गर्नेछ । आममाफियाको चंगुलमा फस्ने वातावरण हुनेछैन । स्थानीय स्तरका विविध गतिविधिलाई प्राथमिकता दिनेछ । स्थानीय लेखकलाई प्रोत्साहन सहित राष्ट्रिलेखकको सम्मान समेत गरिनेछ । यस अनलाइन पत्रिका पैसामुखी नभई सेवामुखी हुनेछ । विचमा हराउने, विलाउने आवश्कता पर्दा मात्र जुर्मुराउने हुनेछैन । स्थानीय सरकारदेखि प्रादेशिक एवम् संघिय सरकारका हरेक काम कारवाहिमा ध्यानदिने सबै स्थानमा यसको उपस्थित हुनेछ । थप केही सुझाव तथा सल्लाह दिनहुनेछ भन्ने पूर्ण आशा राखेको छु । जय पत्रकारीता ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २२ गते बुधबार