कृषि हाट बजार व्यवस्थित गरी मुल्य सूची राख




कोहलपुरमा दुई स्थानमा सञ्चालन छन् कृषि हाट बजार । हवल्दारपुर १४ र कोहलपुर ११ मा रहेका दुइ हाट बजारमा दैनिकी २ सय बढि कृषकहरू आउँछन् भने ५ सय बढि कृषि हाट बजारमा तरकारी र फलफूल किन्नको लागि आउने गर्दछन् । कोहलपुर नगरपालिकामा  विकासउन्मुख शहर र बाख्लाे बस्तिका कारणले यहाँ कृषि हाट बजारहरुमा निकै घुइचो लाग्ने गरेकाे हुन्छ ।

हाट बजारमा मुल्य सूची राख्ने मेसिन ।

कोहलपुर हाट बजारमा रहेको कृषक चौतारीमा आलुको बोरा राखिएको छ तर कृषकहरु भने सडकको छेउमा तरकारी बेचिरहेका छन् । त्यो पनि मनपरी तरीकाले कहिले किसान ठगिन्छ भने कहिले ग्राहक ठगिन्छ । कृषकहरुले उत्पादन गरेको तरकारी र फलफुल ठेलागाडामा कृषि चोकमा राखेको हुन्छन् । नगर प्रहरी आउँछ, कृषकहरुलाई कृषि चोकबाट हटाउने आदेश दिन्छ तर न हाट बजार भित्रबाट उचित बेच्ने ठाँउ छ न बाहिरबाट बेच्ने उचित वातावरण नै छ । त्यसमा प्रत्यक्ष मारमा कृषक छन् । किसानहरुले कहाँ गएर बेच्चुन तरकारी र फलफुल । त्यसमा पनि एकिकृत बजार मुल्य छैन, जसले गर्दा हाट बजारका ग्राहकहरु ठगिन्छन् । हाट बजारमा मुल्य सूची नराखेको ५ वर्षभन्दा बढि भयो ।

कोहलपुर नगरपालिकाले कृषि हाट बजार व्यवस्थीत नगर्दा अस्थव्यस्थ छ । त्यसको पूर्ण जिम्मेवार कोहलपुर नगरपालिका र हाट बजार व्यवस्थापन समिति हो । कोहलपुर नगरपालिकाले उचित व्यवस्थापन नगरिदिनु र हाट बजार व्यवस्थापन समितिले मुल्य सूची टाँस नगर्नुे यि दुबै समस्याको सरोकारवाला विच छलफल गरी समाधान गर्ने अति आवश्यक छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रबार