Kohalpur Today Header Ads

कोहलपुरमा सञ्चारग्राम बनाउने नगरप्रमुख आचार्यको प्रतिवद्धता




Sagarmatha CC TV

कोहलपुर

बाँकेको कोहललपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर क्षेत्रका पत्रकारहरुका लागि संचारग्राम बनाउने प्रतिवद्धता जनाएका छन् ।

उनले कोहलपुर क्षेत्रका पत्रकारहरुसँग मंगलबार अन्र्तक्रिया गर्दै नगरप्रमुख आचार्यले पत्रकारहरुको बृहत भेलाबाट निर्णय भई आएको खण्डमा स्थानीय सरकारले संचारग्राम बनाउनका लागिआवश्यक साधन र श्रोत सहितको सन्चारग्रामको व्यवस्थापन गर्ने वताएका छन् ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

कोहलपुरमा संचारग्राम बनाउने प्रतिवद्धता विगतको स्थानीय सरकारले गरेको तर संचारग्राम निर्माण कार्यका लागि कुनै पनि गतिविधि नभएकाले तत्काल संचारग्राम बनाउन पत्रकारहरुले माग गरेका थिए ।

नगरप्रमुख आचार्यले कोहलपुरमा संचारग्राम बनाउने प्रक्रियागत रुपमा विगतमा भए गरेका कार्यहरुको आउने दिनमा आवश्यक जाँचबुझ गरी संचारग्राम बनाउनाको लागि आफु तयार रहेको वताएका छन् ।

उनले कोहलपुर नगरपालिकाले गरेका सम्पूर्ण कार्यहरुको सुक्ष्म रुपमा अध्ययन गरी खबदारि गर्दै रचनात्मक सुझाव दिन अनुरोध गरे । उनले पत्रकारहरु लाई जिम्मेवार भूमिका निर्वाह गरिदिन समेत अनुरोध गरे ।

तेह्र विगाहमा बनेको गेटको बारेमा पत्रकारले राखेको जिज्ञासामा बोल्दै नगरप्रमुख आचार्यले राष्ट्रिय खेलकुद परिषद केन्द्रीय कार्यालय त्रिपुरेश्वर काठमाण्डौंले नै कोटेशन गरी कार्य सम्पन्न गरेकोले योजनाको सुरुदेखि सम्पन्न हुँदासम्म आफुलाई कुनै पनि जानकारी नभएको जानकारी दिए ।

उनले भने यसको बारेमा त्यससँग सम्बन्धित कुनै पनि विवरण स्थानीय सरकारसँग नभएको वताएका छन् । संघीय सरकारले स्थानीय सरकारसँग सहकार्य गरी योजना बनाउन सकेको खण्डमा लगानीको प्रतिफल आउन सक्ने भन्दै स्थानीय स्तरमा योजना कार्यान्वयन गर्दा संघ र प्रदेशले स्थानीय तहसँग सहकार्य गर्न आवश्यक रहेको समेत उनले वताए ।

उनले कोहलपुर र आलोचनात्मक सहयोग गर्न सबैमा अनुरोध समेत गरे ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मंगलबार