नरैनापुरको कृष्णनगरमा आगलागी १५ घरगोठ जलेर नष्ट




काेहलपुर ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ को कृष्णनगरमा सोमबार दिउसो भिषण आगलागी भएको छ । सो आगलागीमा परेर करिव १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय भोजपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमले दिएको जानकारी अनुसार वडा नं ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउसो साढे ३ बजे आगलागी भएको हो । करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ ।

प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरिक्षक गौतमले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए । उनले सो घटनाको क्षतिको विवरण संकलन सुरु भएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत २१ गते सोमबार