Kohalpur Today Header Ads

बाँकेका संस्थागत विद्यालयले भने, एकिकृत पाठ्यक्रममा भएको अन्योल हट्यो




कोहलपुर ।

बाँकेका जिल्लाका संस्थागत विद्यालयहरुले एकिकृत पाठ्यक्रममा निकै अन्यौल थियाे । एकिकृत पाठ्यक्रम कस्तो विषय होला वा यसलाई बालबालिका समक्ष कसरी प्रस्तुत गर्ने, गहिरो अध्ययन गरी कसरी अध्यापन गराउने भन्ने विषय नै चिन्ताको विषय थियो । तर शनिबार भएको प्याब्सन बाँकेको आयोजनमा भएको एकिकृत पाठ्यक्रम सम्बन्धी कार्यशालापछि अन्योल हटेको छ ।

बाँकेका प्याब्सनका अध्यक्ष यम रावतले कार्यशाला पश्चात एकिकृत पाठ्यक्रममा आए समस्या तथा अन्यौल हटेको बताए । पूर्व केन्द्रिय प्राज्ञिक सल्लाहकार डाक्टर राजेश किशोर खनाल र मुख्य प्रशिक्षक सिटिएफ नेपालका डाइरेक्टर बद्रीप्रसाद दाहालले एकिकृत पाठ्यक्रम सम्बन्धी प्रशिक्षण दिएका थिए ।

LIfe Ok

एकीकृत पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?

एकीकृत पाठ्यक्रम भन्नाले विभिन्न विषयलाई अन्तरसम्बन्धित गरेर जीवनसापेक्ष हुने गरी सिकाई सञ्चालन गर्ने भन्ने बुझाउँछ । विभिन्न विषयका ज्ञान र सिपलाई कुनै समस्यामा वा विषयक्षेत्रमा केन्द्रित गर्ने वा कुनै मुद्दा वा समस्यामा केन्द्रित भई विषयवस्तुको निश्चित सीमा निर्धारण नगरी समस्या समाधानका लागि आवश्यक ज्ञान तथा सिप प्राप्त हुने गरी शिक्षण सिकाइ सञ्चालन गर्ने गरी तयार गरिएको पाठ्यक्रम एकीकृत पाठ्यक्रम हो ।

विभिन्न विषयगत ज्ञान र सीपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी तयार गरेको पाठ्यक्रमलाई एकिकृत पाठ्यक्रमको रुपमा लिइन्छ । दुई वा दुई भन्दा बढी विषयहरुको संयोजन गरी एक अर्को विषय बिचको अवधारणाको सम्बन्ध खोज्न लगाउने, विद्यार्थीको समूह निर्माण गरी सिक्ने सिकाउने अवसर प्रदान गर्ने गरी तयार पारिएको पाठ्यक्रमलाई एकीकृत पाठ्यक्रम भनिन्छ । दुई वा दुईभन्दा बढी विषयका उद्देश्यहरु सँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रम एकिकृत पाठ्यक्रम हो । अथवा विषयहरु जोडेर समग्र रुपमा सिकाउने विधि हो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत १९ गते शनिबार