आत्महत्या न्यूनिकरण गर्न कोहलपुरमा अभियान सुरु




कोहलपुर ।

कोहलपुर नगरपालिकामा आत्महत्या न्यूनिकरण गर्न अभियान सुरु गरेको छ । शुक्रबार कोहलपुर नगरपालिका वडा नम्बर १५ बाट मनोसामाजिक परामर्श तथा आत्महत्या न्यूनिकरण एवंम रोकथामका लागि सचेतनामुलक अभियान सुरु गरको हो ।

१५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विश्वकर्माको प्रमुख अतिथिमा यो अभियान सुरु भएको हो ।

कोहलपुर नगरपालिकामा आत्महत्याका घटनाहरु बढिरहेको बेलामा नगरपालिकाले यो अभियान सञ्चालन गरेको महिला तथा बालबालिका तथा समाज कल्यान उपशाखाकी अधिकृत घटना शाहले जानकारी दिइन् ।

कोहलपुर नगरपालिकामा अहिले पछिल्लो अवस्थामा कोहलपुरमा आत्महत्याका घटनाहरु बृद्धि भएका छन् जसलाई न्यूनिकरण गर्न पालिकाले समेत अभियान चलाएको सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सुन्दर तिवारीले आ.व. २०७७/०७८ को ४ गुणा आत्महत्या बृद्धि भएको बताए । ‘आत्महत्याका घटनाहरुलाई न्यूनिकरण गर्न सबै एकजुट भएर लाग्नुपर्ने देखिएको छ,’ उनले भने, ‘यो संख्या अझै बृद्धि भएर भयाभह हुनसक्छ ।’

विश्वव्यापी रुपमा हेर्ने हो भने अहिले ९ को हाराहारीमा आत्महत्या गरिरहेका छन् तर नेपालको सन्दर्भमा वार्षिक रुपमा २४ छ भने कोहलपुरको हकमा भने प्रतिवर्ष २८ जनाले आत्महत्या गरेको तथ्थांकमा देखिएको तिवारीले बताए ।

आत्महत्या सम्बन्धी डाक्टर तथा समावसेवी अन्जु न्यौपानेले प्रशिक्षण गरेकी थिइन् । सो कार्यक्रममा करिब ९० जना स्थानियहरुको उपस्थित रहेको थियो । कार्यक्रम टिपिओले सहजिकरण गरेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार