रावन विश्वकर्मा ।
बर्दियाको बाँसगढीलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बाँसगढी नगरपालिकाका १ देखी ९ वडाका जन्मे देखी ५ बर्ष मुनीका सबै बालबालिकाले सत प्रतिशत खोप पाएकाले बाँसगढीलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर विष्ट, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी बाँसगढी नगर प्रमुख खडक बहादुर खड्का लगायतको उपस्थितिमा मंगलबार एक कार्यक्रमका विच बाँसगढीलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य शाखा बाँसगढीका प्रमुख घनश्याम केसीले बताउनु भयो । उहाँका अनुसार १५ हजार ३ सय ९९ घरधुरी रहेको बाँसगढीमा जन्मे देखि १५ महिना सम्मका १ हजार १ सय ७७ जना, १६ महिना देखि ५९ महिना सम्मका ३ हजार ४ सय ६७ जना गरी ५ वर्ष मुनीका ४ हजार ६ सय ४४ जना बालबालिकाले पुर्ण खोप पाएका छन् । अहिले बालबालिका खोज र खोप भन्ने निति अन्र्तगत कुनै पनी खोप लगाउने उमेर समुहका बालबालिका खोपबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख के सीले बताउनु भयो ।
सोही अवसरमा ६० बर्ष उमेर पुगेका सामुदायीक महिला स्वास्थ्य स्वायसेविकालाई कदर पत्र, दोसल्ला र नगद ५५ हजार सहित नगरपालिकाले विदाइ गरेका छ । नगरपालिकाले बाँसगढी २ का सरस्वती श्रेष्ठ, ३ का बस्दैया थारु, ५ का शिव कुमारी अधिकारी, ६ का कमला देवि सिलवाल, वडा न का ७ का ज्ञानु देवि ब्राह्मण र वडा न ८ का पुतली थपिनीलाई स–सम्मान विदाई गरेको हो । बाँसगढी नगर प्रमुख खडक बहादुर खड्काको अध्यक्षमा भएको घोषणा तथा विदाई कार्यक्रममा जिल्ला स्थिति विभिन्न कार्यालयका प्रमुख, नगर उपप्रमुख ईन्दिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वंयमसेविका लगायतको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्