आजको राशिफल २०७९ चैत १ गते बुधवार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट लाभ हुनेछ ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ । दिन लाभदायक रहनेछ । आम्दानी बढाउने काम प्रारम्भ हुनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन । ज्ञान र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम पनि बन्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ आफन्तले पनि उत्साह जगाउनेछन् । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु

चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ ।समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्त टाढिन सक्छन् । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा काम रोकिन सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)